कर्मचारीको तलब निरन्तर बढाउने सरकारको घोषणा
काठमाडौँ- सरकारले कर्मचारीतन्त्रलाई मर्यादित बनाउन निजामती, जंगी, शिक्षकको तलब निरन्तर बढाउने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्। उनले भने, ‘कर्मचारीतन्त्रलाई मर्यादित बनाउन निजामती, जंगी, शिक्षकको तलब निरन्तर बढाइनेछ।’ यसैगरी सरकारले करको दरमा व्यापक परिवर्तन गरेका छन्। व्यक्तिगत आयमा कर नलाग्ने सीमा १० लाख रुपैयाँ बनाइएको छ। […]
















