सांसद अभिषेकप्रताप शाहको पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहका नाममा जारी भएको पक्राउ पुर्जी तत्कालका लागि कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले बुधबार गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नाममा यस्तो आदेश जारी गरेको हो ।कांग्रेस सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी रोक्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।अदालतले यस प्रकरणमा विपक्षीहर

.jpg)


