कांग्रेस संसदीय दलको नेता चयन शुक्रबार
नेपाली कांग्रेस संसदीय दलको नेता चयन ११ गते शुक्रबार मात्र हुने भएको छ ।दलको नेता चयन गर्नका लागि सहमहामन्त्री प्रकाश रसाईली स्नेहीको नेतृत्वमा निर्वाचन समिति गठन भएको छ ।उक्त समिति सदस्य मुना भुसालका अनुसार दलको नेता ११ वैशाखमा मात्र चयन गर्ने निर्णय भएको हो ।यसका लागि १० गतेबाट प्रकृयाको थालनी हुने पनि उनले बताइन् ।भुसालका अनुसार ९ गते संसदीय दलको बैठक बस्ने छ र संसदीय दलको विधानको विषयमा बाँकी रहेका विषयहरूलाई टुंगोमा पुर्याइने छ ।