Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Auglast: 25 Aug

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र मेयरहरूबीच चर्काचर्की

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित बैठकमा रास्वपा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरूबीच चर्काचर्की भएको छ। बन्चरेडाँडाका बासिन्दाले भोग्दै आएको समस्याको विषयमा सांसद तामाङ र ललितपुरका मेयर चिरिबाबु महर्जनबीच भनाभन भएपछि बैठक तनावपूर्ण बनेको थियो। बैठकको अध्यक्षता गरिरहनुभएका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सांसदको व्यवहारप्रति मेयरहरूसँग माफी माग्नुभएको छ।

+1
8 publishers · 14 headlines · developing over 3d 22h
How this story evolved· 2 updates
  1. 3 sources21 Aug

    सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनबारे आयोजित छलफलमा सांसद आशिका तामाङ र जनप्रतिनिधिहरूबीच चर्काचर्की भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतका मेयरहरूलाई थर्काएपछि बैठकमा तनाव उत्पन्न भएको थियो। सांसदको उग्र व्यवहारका कारण बैठकको अध्यक्षता गरिरहेका सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले उपस्थित मेयरहरूसँग माफी माग्नुभएको छ। छलफलमा बञ्चरेडाँडाको फोहोर व्यवस्थापनका विषयमा कुराकानी भइरहेको थियो।

  2. 10 sources21 Augcurrent

    काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित बैठकमा रास्वपा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरूबीच चर्काचर्की भएको छ। बन्चरेडाँडाका बासिन्दाले भोग्दै आएको समस्याको विषयमा सांसद तामाङ र ललितपुरका मेयर चिरिबाबु महर्जनबीच भनाभन भएपछि बैठक तनावपूर्ण बनेको थियो। बैठकको अध्यक्षता गरिरहनुभएका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सांसदको व्यवहारप्रति मेयरहरूसँग माफी माग्नुभएको छ।

Broke firstKhabarhub logoKhabarhub

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ । छलफलमा जनप्रतिनिधिहरुसँग धादिङ १ बाट निर्वाचित सांसद आशिका तामाङको चर्काचर्की परेको हो । सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा भएको छलफलमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन बोल्दै गर्दा आशिका एक्कासी फायर भएकी हुन् । छलफलमा चिरिबाबु महर्जनले ‘त्यतिकै बेस्सरी कराएर हुन्छ, मेयरसापहरुलाई गाली गरेर हुन्छ ?’ भनेका […]

Coverage

13 more headlines since

  1. आशिकाको अल्टिमेटमले मेयर्स फोरममा हलचल

    काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनको समस्या यतिबेला फेरि एकपटक सतहमा छ । गत शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा काठमाडौंका मेयरहरु र धादिङकी सांसद आशिका तामाङबिचको भनाभनपछि सुरु भएको विवाद अहिले १५ दिने अल्टिमेटमको

    Ratopati logoRatopatiPrivatestory14 publishers
  2. चिरीबाबुको टिप्पणी- आशिकाले बैठकमा ताण्डव देखाउँदा मन्त्री मूकदर्शक बने

    मेयर फोरमले रास्वपाका सांसद आशिका तामाङले सिंहदरबारमा भएको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका पदाधिकारी र सदस्यहरूमाथि गरेको दुव्र्यवहारप्रति आपत्ति जनाएको छ।

  3. आशिकाको रिस अझै मरेन, आज पनि खनिइन् चिरिबाबुप्रति

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त गरेकी छिन् । बन्चरे डाँडाको फोहोर ब्यवस्थापन समस्याका ’boutमा गत शुक्रबार सिंहदरवारमा भएको छलफल तनावग्रस्त बनेको दुई दिनपछि सांसद तामाङले आक्रोश ब्यक्त गरेकी हुन् । मुख्य गरी ललितपुरका मेयर महर्जनले ‘हु द हेल’ भने पछि उनी सामाजिक सञ्जालवाट थप […] The post आशिकाको रिस अझै मरेन, आज पनि खनिइन् चिरिबाबुप्रति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  4. बञ्चरेडाँडाको फोहोर व्यवस्थापन छलफलमा मेयर र आशिकाबीच चर्काचर्की

    काठमाडौँ। बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने विषयमा आयोजित छलफलमा रास्वपा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरूबीच भनाभन भएको छ। सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सिंहदरबारमा काठमाडौं उपत्यकासहित फोहोर व्यवस्थापनबाट प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिहरूसँग छलफल आयोजना गरेका थिए। उक्त बैठकमा सांसद तामाङ पनि सहभागी भएकी थिइन्। छलफलका क्रममा तामाङ र जनप्रतिनिधिहरूबीच भनाभन भएपछि ललितपुर महानगरपालिकाका मेयर […]

  5. बञ्चरेडाँडाको फोहोर व्यवस्थापन छलफल : मेयरहरूसँग आशिकाको चर्काचर्की

    चर्काचर्कीपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितले उनलाई सम्झाउन खोजेका थिए । यद्यपि सांसद तामाङ भने थप आक्रोशित बनिन् ।

  6. आशिकाको उग्ररूपका कारण सञ्चारमन्त्रीले मेयरहरूसँग मागे माफी

    काठमाडौं- काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले गरेको व्यवहारलाई लिएर सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले माफी मागेका छन् । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल बिरामी भएकाले बैठकको अध्यक्षता सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरेका थिए । सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा भएको काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा उपस्थित मेयरहरुलाई सांसद तामाङले थर्काएपछि सञ्चारमन्त्री तिमिल्सिनाले माफी मागेका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.