सिलिचोङमा पहिरो : विद्युत, सञ्चार र यातायात सेवा अवरुद्ध, ६ घर विस्थापित
बाढी पहिरोका कारण सिलिचोङ -१ सिसुवाखोला ६ घर विस्थापित भएको छन् । विस्थापितलाई सुरक्षित स्थानमा राखिएको छ । पहिरोका कारण सिलिचोङका तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेका १०० बढी घर उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए ।


