Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 2d agolast: 43 min ago

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन शाहले संसद् छाडेपछि आलोचना

PM Balen Shah Faces Criticism After Leaving Parliament During President Address

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन शाह बीचमै बाहिरिएपछि राजनीतिक दलहरूले विरोध जनाएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेले यस कार्यलाई संसदीय मर्यादा र संवैधानिक परम्परा विपरीत भन्दै प्रधानमन्त्रीको जवाफ माग गरेका छन्। प्रधानमन्त्रीको सचिवालयले भने स्वास्थ्यमा सामान्य समस्या देखिएकाले उनी केही समयका लागि बाहिरिएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको स्पष्टीकरण दिएको छ। यसैबीच, राष्ट्रपति पौडेलले सभामुख डोलप्रसाद अर्याललाई शीतल निवास बोलाएर समसामयिक विषयमा छलफल गर्नुभएको छ।

Prime Minister Balen Shah faced widespread criticism from political parties after leaving a joint session of the Federal Parliament while President Ram Chandra Paudel was presenting the government's policies and programs. The Nepali Congress and CPN-UML termed the move a violation of parliamentary dignity and constitutional tradition. In response, the Prime Minister's secretariat clarified that he left the hall briefly due to a minor health discomfort and that his condition is now stable. Following the incident, President Paudel held a meeting with Speaker Dol Prasad Aryal at Shital Niwas to discuss contemporary issues.

Summary by Jayaman

11publishers
27headlines
6in last 24h
Span: 1d 16hNE onlyUpdated 43 min ago
Covered by
+3
Broke on K cha khabarRatopati logoRatopati

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेर नसक्दै हिँडे बालेन शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह संसद बैठक हलबाट बाहिरिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । तर, सो नीति तथा कार्यक्रम नसक्दै उनी बाहिरिएका हुन् ।

story27 publishers
Coverage

26 more headlines since

  1. Past hour
    1. राष्ट्रपति बोल्दाबोल्दै प्रधानमन्त्री हिँडेपछि रास्वपाभित्रै उठ्यो प्रश्न, के हो वास्तविकता ?

      तर, प्रधानमन्त्री बालेन नेतृत्वकै सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा बैठक छाडेर हिँडेपछि चारैतिर आलोचना हुँदै छ । तर, रास्वपा मौन देखिन्छ । यसअघि संसद्मा प्रस्ताव टेबुल गर्दा संसदीय प्रद्धतिअनुरूप बोल्न अस्वीकार गरेका थिए । उनले एक शब्द पनि नबोलीकन प्रस्ताव टेबुल गरेपछि प्रश्न उब्जिएको थियो । उनले संसदीय व्यवस्थाकै खिल्ली उडाएको टीकाटिप्पणी हुँदै गर्दा अझ आफ्नै नीति तथा कार्यक्रम वाचन भइरहँदा संसद् छाड्नु आश्चर्यजनक थियो । जुन संसदीय इतिहासमा ‘अपवाद’को घटना बनेको छ ।

      Baahrakhari logoBaahrakhariPrivatedetail27 publishers
  2. Yesterday
    1. बालेनले संसदीय मर्यादा भुल्दा रास्वपा चुपचाप, राजावादीदेखि जेन-जी अभियन्तासम्म विरोधमा उत्रिए

      काठमाडौं– सोमबार आफ्नै सरकारको तर्फबाट संसद्मा आगामी आर्थिक वर्ष २०८३/०८४ नीति तथा कार्यक्रम पेस गर्दा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले संसदीय इतिहासमै नभएको अस्वभाविक व्यवहार देखाए । जुन व्यवहारलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता चुपचाप देखिएका छन् । उता वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अस्वीकार गर्नेदेखि गणतन्त्रवादीसम्मले विरोध गरेका छन् । प्रधानमन्त्री बालेनले संसद्मा […]

    2. राष्ट्रपतिले सम्बोधन गरिरहँदा उठेर हिँडेकोबारे प्रधानमन्त्रीसँग कांग्रेसले माग्यो जवाफ

      काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बाहिरिएको विषय सदनमा उठाएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको व्यवहार संसदीय परम्पराविपरीत भएको बताइन् । प्रधानमन्त्री उठेर हिँडेको विषयमा जवाफ दिनुपर्ने उनले माग गरिन् । लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा हो भन्ने कुरा भुल्न नहुने उनको भनाइ छ ।

    3. राष्ट्रपति बोल्दाबोल्दै संसद्‌बाट हिंडेको घटनामा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

      २९ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद् बैठकबाट बाहिरिएको घटनामा प्रधानमन्त्री बालेन शाहको जवाफ माग गरेको छ । पार्टीको तर्फबाट मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद वासना थापाले प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् । लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य संसद्मा […]

    4. प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

      काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाहले संसद् छाडेर हिँडेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्याललाई शीतल निवासमा बोलाएका छन्। राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शीतल निवासमा मंगलबार मध्याह्न भेटवार्ता भएको हो । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ […]

    5. संसदबाट प्रधानमन्त्री शाह बाहिरिएपछि चर्कियो आलोचना

      काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचैमा संसदबाट बाहिरिएपछि राजनीतिक दल तथा नागरिक समाजबाट व्यापक आलोचना भएको छ। प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद गुरु बराल ले प्रधानमन्त्रीको व्यवहार संसदीय मर्यादाविपरीत भएको भन्दै नियमापत्ति गर्नुभयो। उहाँले प्रधानमन्त्रीले राष्ट्रिय पोसाक नलगाएको, नीति तथा कार्यक्रम बहिष्कार गरेको तथा […]

  3. Older
    1. सरकारको नीति तथा कार्यक्रम: निजी र प्रवासीप्रति उदार, कर्मचारीप्रति निर्मम !

      काठमाडौँ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दैगर्दा संसद्मा तीन वटा रोचक दृश्य देखिए । पहिलो राष्ट्रपतिको सम्बोधनको बीचमा कतै टेबल ठटाइएन । दोस्रो, सम्बोधनकै बीचमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) उठेर हिँडे, अर्थमन्त्री स्वर्णिम वाग्ले निदाए

      Ratopati logoRatopatiPrivatestory27 publishers
    2. बालेनबारेको दुई विषयमा कांग्रेसले उठायो प्रश्न

      नेपाली कांग्रेसले सङ्घीय संसद्को संयुक्त बैठक जारी रहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचमै बाहिरिएको घटनाप्रति आपत्ति जनाएको छ। प्रवक्ता देवराज चालिसेले सोमबार एक विज्ञप्ति जारी गर्दै यसलाई संसदीय मर्यादा र संवैधानिक परम्पराविपरीतको कार्य भन्दै टिप्पणी गरेका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बीचमै हिँड्नुले अप्रिय सन्देश दिएको र यसले संस्थागत गरिमामा चोट पुर्‍याएको कांग्रेसको ठहर छ। यस्तै, प्रधानमन्त्रीको पोशाकलाई लिएर

      Lokaantar logoLokaantarPrivatestory27 publishers
    3. राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

      काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बाहिरिएको घटनाप्रति आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता देबराज चालिसेले उक्त घटनाले संसदीय मर्यादा, संवैधानिक परम्परा र संस्थागत गरिमाको अवमूल्यन गरेको टिप्पणी गरेका छन्। सोमबार जारी वक्तव्यमा प्रवक्ता चालिसेले राष्ट्रपतिबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकको अत्यन्त […]

    4. संसद्को अशोभनीय घटनाबारे बालेनका सल्लाहकारले रफ्फु भरे, अनि डिलिट हाने

      संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री शाह बीचमै उठेर हिंडेका थिए ।

    5. बालेन बीचमै संसद् बैठक हलबाट बाहिरिएको विषयमा बोल्यो सचिवालय

      प्रधानमन्त्री बालेन शाह राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम बाचन गरिरहेको बेला सोमबार एकएक संघीय संसद बैठकस्थलबाट बाहिरिएको विषयमा उनको सचिवालय बोलेको छ । प्रधानमन्त्रीको यस कार्यको आलोचना समेत भएपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री बैठक हलबाट बाहिरिएको बताएका हुन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनको भनाइ छ । “सम्माननीय प्रधानमन्त्रीलाई स्वास्थ्यमा सामान्य असहजता देखिएकाले केह

      Lokaantar logoLokaantarPrivatestory27 publishers
    6. राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यसकारण बिचमै बाहिरिए प्रधानमन्त्री बालेन

      काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरे। कार्यक्रममा सहभागी रहेका प्रधानमन्त्री बालेन शाह भने बिचमै बाहिरिएपछि विभिन्न अड्कलबाजी सुरु भएको

      Ratopati logoRatopatiPrivatestory27 publishers
    7. ‘प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएकोले नीति कार्यक्रमको समयमा केहीबेर विश्राम’

      काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरे । उक्त कार्यक्रममा राष्ट्रपतिलाई स्वागत गर्न नपुगेका प्रधानमन्त्री बालेन शाह राष्ट्रपतिले नीति, कार्यक्रम वाचन गरिरहँदा बीचैमा निस्किए । प्रधानमन्त्री त्यसरी बीचैमा निस्किएको विषयमा विपक्षी दलहरुले कडा आपत्ति पनि जनाए । प्रधानमन्त्रीको सचिवालयले यही विषयमा स्पष्टीकरण दिएको छ । सचिवालयले प्रधानमन्त्रीको […]

    8. राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा प्रधानमन्त्री उठेर हिँडेपछि ...

      प्रधानमन्त्री शाह राष्ट्रपति रामचन्द्र पौडेलले नीति र कार्यक्रम प्रस्तुत गरिरहेको बेला उठेर बाहिर गएका थिए।...

      Nagarik News logoNagarik NewsPrivatepolitics27 publishers
    9. राष्ट्रपतिको सम्बोधनकै बीचमा उठेर हिँडे बालेन

      नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा प्रधानमन्त्री बालेन शाह उठेर हिँडेको विषयमा प्रतिपक्षी दल नेकपा एमालेले प्रश्न उठाएको छ।

      Setopati logoSetopatiPrivatepolitics27 publishers
    10. राप्रपा प्रवक्ताको प्रश्न- प्रधानमन्त्रीको ‘मुभ’ व्यक्तिप्रतिको वितृष्णा कि व्यवस्थाप्रतिको ?

      काठमाडौं । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दागर्दै प्रधानमन्त्री बाहिरिएको घटनालाई फरक कोणबाट टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको अप्रत्याशित मुभ व्यक्तिप्रतिको वितृष्णा हो वा व्यवस्थाप्रतिको भन्ने उनको प्रश्न छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै श्रेष्ठले राष्ट्र प्रमुखले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा सरकार प्रमुख उठेर हिड्ने प्रचलन यसअघि […]

    11. संसद् बैठकबाट प्रधानमन्त्री उठेर हिंडेकोप्रति एमालेको आपत्ति

      २८ वैशाख, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री बालेन शाहले बैठक छोडेर हिंडेकोप्रति आपत्ति जनाएको छ । आजै बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री शाह बीचमै उठेर हिंडेका थिए । उनले बीचमै छाडेर हिंड्नुप्रति आपत्ति […]

    12. प्रधानमन्त्रीले अभद्र व्यवहार देखाए : नेकपा

      काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रधानमन्त्री वालेन्द्र शाहले अभद्र व्यवहार देखाएको टिप्पणी गरेको छ । राष्ट्रपति रामचन्द्रो पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह बीचैमा बैठक छाडेर हिँडेका थिए । नेकपाका प्रमुख सचेतक युवराज दुलालले नेपाली प्रधानमन्त्री बालेनले अमर्यादित, अभद्र र गैरजिम्मेवार प्रवृत्ति देखाएको आरोप लगाए । उनले प्रधानमन्त्री शाहले राष्ट्रपतिकै अगाडि संसद् […]

    13. संसद्‌मा प्रधानमन्त्री : आफैंले नीति तथा कार्यक्रम दिए, राष्ट्रपतिले पढ्दापढ्दै छोडेर हिंडे

      सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बाहिरसम्मै निस्किएर राष्ट्रपति पौडेललाई बिदाइ गरेका थिए । तर राष्ट्रपतिलाई हलले उभिएर बिदाइ गरिरहँदा प्रधानमन्त्री बालेनको कुर्सी भने खाली थियो ।

    14. राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दापढ्दै प्रधानमन्त्री उठेर हिँड्नु कति स्वाभाविक ?

      प्रधानमन्त्री बालेन्द्र शाह भने राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दै गर्दा बीचमै उठेर हिँडे ।

    15. राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा पढ्दै उठेर हिँडे प्रधानमन्त्री, विरोधमा उत्रिए सांसद

      काठमाडौं– प्रतिनिधि सभा र राष्ट्रिय सभाको सोमबार बसेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह उठेर हिँडिदिए । संसद्को रोस्ट्रममा पुगेर नीति तथा कार्यक्रम पुस्तिका हस्तान्तरण गरेर आफ्नो आशनमा फर्किएका प्रधानमन्त्री शाह केही बेरमै निस्किएर हिँडे । प्रधानमन्त्री संसद्‍बाट जुरूक्क उठेर हिँडेपछि सांसदहरू पनि चकित […]

    16. प्रधानमन्त्रीले राष्ट्रपतिकै अगाडि संसद् छाडेर हिँड्नु अमर्यादित, अभद्र र गैरजिम्मेवार प्रवृत्ति हो : युवराज दुलाल

      काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन शाहले अमर्यादित, अभद्र र गैरजिम्मेवार प्रवृत्ति देखाएको आरोप लगाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री उठेर हिँडेपछि उनले यस्तो बताएका हुन्। उनले भनेका छन्, ‘आफूले हस्तान्तरण गरेको आफ्नै नेतृत्वको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा आधा हुँदा नहुँदै प्रधानमन्त्री […]

    17. राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह हिँडेपछि…

      काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गरिरहँदै सरकारका प्रधानमन्त्री बालेन्द्र शाह त्यहाँबाट निस्किएका छन् । लगभग आधा घण्टा जसो बसेर उनी त्यहाँबाट निस्किएका हुन् । राष्ट्रपतिले एक घण्टा १५ मिनेटभन्दा लामो नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । बैठकमा उपस्थित नेताहरूका अनुसार नीति तथा कार्यक्रम सार्वजनिक गरेको आधा घण्टासम्म प्रधानमन्त्री त्यहाँ भएपनि त्यसपछि […]

    18. राष्ट्रपतिले बोल्दाबोल्दै हिँडे प्रधानमन्त्री बालेन

      काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दागर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आफ्नो आसनबाट उठेका छन्। उनी राष्ट्रपतिको सम्बोधन नसकी शुक्रबार संसद् बैठकबाट हिँडेका हुन्। राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिसक्दा पनि प्रधानमन्त्री बालेन आफ्नो आसनमा फर्किएका थिएनन्। सभामुख डोलप्रसाद अर्यालले संसद्को दुवै सदनको बैठक स्थगित भएको […]

    19. राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्रीको कुर्सी खाली

      राष्ट्रपति पौडेलले एक घण्टादेखि नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह भने बैठक हलबाट बाहिरिएका छन् ।

    20. नीति तथा कार्यक्रम राष्ट्रपतिले पेस गरिरहँदा संसद्‌बाट बाहिरिए प्रधानमन्त्री बालेन

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only27 publishers
PM Balen Shah Faces Criticism After Leaving Parliament During President Address · K cha khabar