Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

मन्त्रीको पुतला जलाएको आरोपमा अक्रम खान पक्राउ

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएका लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खानलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गणेश) को पुतला जलाएको आरोपमा उनलाई पक्राउ गरिएको हो। रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार खानलाई राति उनकै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको हो।

4 publishers · 6 headlines · developing over 16 hours
Broke firstLokaantar logoLokaantar

आनी छोइङको नियुक्ति विवाद- मन्त्रीको फोटो जलाएपछि मध्यराति पक्राउ परे अक्रम खान

लुम्बिनी विकास कोषको उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएका लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खानलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा खानलाई प्रहरीले पक्राउ गरेको हो । रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीले खानलाई पक्राउ गरिएको बताए । संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री खडकराज पौडेल (गनेश) को फोटोमा आगो लगाएपछि पक्राउ गरिएको उनले लोकान्तरलाई जानकारी दिए । सरकारले लुम्बिनीमा विवादित पात्र डोल्मा

story6 publishers
Coverage

5 more headlines since

first · 2d agolatest · 1d ago
  1. पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरणः लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा

    भैरहवा । पर्यटनमन्त्रीको पुत्ला दहन गरेको घटनालाई लिएर प्रहरीले नियन्त्रणमा लिएका लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान रिहा भएका छन्। प्रहरी अधिकारीहरूसँगको छलफलपछि आफूलाई छाडिएको खानले बताएका छन्। खानका अनुसार सोमबार होटलतर्फ जाँदै गर्दा

    Global Aawaj logoGlobal AawajPrivatearchives6 publishers
  2. पक्राउ परेका आन्दोलनकारी अक्रामसहित दुईजना रिहा

    बुटवल- लुम्बिनी विकास कोषको उपाध्यक्षमा नवनियुक्त आनी छोइङ डोल्माको विरोधमा आन्दोलन गरेका मध्ये पक्राउ गरिएका दुईजनालाई मंगलबार दिउँसो प्रहरीले रिहा गरेको छ। सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्राम खान र वाजिउद्दिन मुसलमान सोमबार राति पक्राउ परेका थिए। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिउँसो कागजपत्र गरी छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख […]

  3. लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकरम खान रिहा

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को पुत्ला दहन गरेको आरोपमा पक्राउ परेका लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकरम खान रिहा भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कन्हैया बनिया र तौफिक अहमद खानको रोहबरमा उनका भाइ फकरुद्दिन खानको जिम्मामा उनलाई छाडिएको हो ।आफूलाई राति नियन्त्रणमा लिइएको र बिहान प्रहरी अधिकारीहरूसँगको छलफलपछि छाडिएको उनको भनाइ छ ।खानका अनुसार उनी होटलतर्फ जाँदै गर्दा राति साढे १० बजे प्रसाद चोकबाट प्रहरीले उनलाई

    Lokaantar logoLokaantarPrivatestory6 publishers
  4. लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा

    रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई लिएर प्रहरीले लुम्बिनी बचाउ महाअभियानका संयोजक रहेका खानलाई नियन्त्रणमा लिएर केही समयपछि रिहा गरेको हो । खानले आफूलाई राति नियन्त्रणमा लिइएको र बिहान प्रहरी अधिकारीहरूसँगको छलफलपछि छाडिएको बताएका छन् । […]

  5. मन्त्रीकाे पुतला जलाएकाे अभियाेगमा लुम्बिनी बचाउ महाअभियानका संयाेजक खान पक्राउ

    बुटवल- लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएकाे लुम्बिनी बचाउ महाअभियानका संयाेजक अक्रम खानलाई नेपाल प्रहरीले पक्राउ गरेकाे छ। विराेधका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको पुतला जलाएको अभियाेगमा प्रहरीले खानलाई पक्राउ गरेको हो। गएराति साढे १० बजे मन्त्रीको तस्बिरमा आगो लगाएर विरोध गर्ने क्रममा महाअभियानका संयाेजक लुम्बिनी सांस्कृतिक […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.