Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5d agolast: 2d ago

देशका विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित आठ जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्रामसहित पर्सा वीरगंज महानगरपालिका–६ बस्ने २३ वर्षीय जिबराज बस्नेत समेत दुई जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । रूपन्देहीबाट बुप्रेनोर्फिन, फेनारगन र डाइजापामसहित एक जना तथा रुकुम पूर्वबाट गाँजासहित अन्य व्यक्तिहरू पक्राउ परेका छन् ।

4 publishers · 5 headlines · developing over 3d 2h
Broke firstOnlineKhabar logoOnlineKhabar

अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट आठ जना पक्राउ

७ कात्तिक, काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका–६ बस्ने २३ वर्षीय जिबराज बस्नेत समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ […]

Coverage

4 more headlines since

first · 5d agolatest · 2d ago
  1. अवैध लागूऔषध सहित चार जना पक्राउ

    १० कात्तिक, काठमाडौं । देशका विभिन्न ठाउँमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । मकवानपुर, बाँके र धनुषामा गरेर ४ जना पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ पिपलबोटबाट अवैध लागूऔषध गाँजा ४२ किलो ४ सय १० ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ […]

  2. नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

    काठमाडौँ– काठमाडौंको नागढुंगाबाट १४.२८ ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चन्द्रागिरि नगरपालिका–२ नागढुंगास्थित चेकपोस्टमा शनिबार गरिएको जाँचका क्रममा उक्त पदार्थ बरामद गरिएको हो । प्रहरी वृत्त थानकोट र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा धादिङको नीलकण्ठ नगरपालिका–१४ बस्ने […]

  3. लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

    काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका-६ बस्ने २३ वर्षीय जिबराज बस्नेत समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivateaparadh5 publishers
  4. लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

    काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट आठ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौँको नागढुङ्गाबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना, रूपन्देहीबाट बुप्रेनोर्फिन, फेनारगन र डाइजापामसहित एक जना, रुकुम पूर्वबाट गाँजा र

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.