Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा बस्दै

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाउनुभएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति र प्राकृतिक विपत्तिपछि सरकारले गरेका कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ। प्रमुख सचेतक बासना थापाका अनुसार मुख्य बैठकअघि बस्ने संसदीय दल कार्यसमितिको बैठकले छलफलका एजेन्डाहरू तय गर्नेछ।

4 publishers · 4 headlines · developing over 2 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

कांग्रेसको संसदीय दलको बैठक बस्दै

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय बिहान ११ बजे बैठक बस्ने आङ्देम्बेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक अघि बस्ने संसदीय दल कार्यसमिति बैठकले एजेन्डाहरू तय गर्ने छ ।

Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. सिंहदरबारमा विपक्षी दलको बैठक सुरू (तस्बिरहरू)

    काठमाडौं– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्म आङदेम्बेद्वारा आव्हान गरिएको प्रतिपक्षी दलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ । बैठकमा कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक बासना थापा, एमालेबाट उपनेता पद्मा अर्याल र सचेतक निता घतानी, नेकपाबाट प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल […]

  2. आङदेम्बेले बोलाए विपक्षी दलहरूको बैठक

    संसद्‌मा रहेका विपक्षी दलहरूको बैठक बस्ने भएको छ । प्रमुख प्रतिपक्षमा नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेको आह्वानमा बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेका लागि दलको कार्यालय सिंहदरबारमा बोलाइएको कांग्रेस प्रमुख सचेतक बासना थापाले लोकान्तरलाई जानकारी दिइन् । बैठकमा समसामयीक राजनीतिक विषय‚ प्राकृतिक विपत्तिपश्चात् सरकारको कामकारवाहीलगायत विषयमा छलफल हुने उनले बताइन् ।

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (बिहीबार) बस्ने भएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि बैठक डाकिएको हो। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.