Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

खाना पकाउने ग्यासको अभाव अन्त्य गर्न माग गर्दै सिंहदरबार अगाडि विद्यार्थीको प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूले खाना पकाउने ग्यासको सहज आपूर्तिको माग गर्दै बुधबार सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका छन्। एक महिनादेखि जारी ग्यास अभाव र कालोबजारी नियन्त्रण गर्न माग गर्दै विद्यार्थीहरूले खाली सिलिन्डर बोकेर सरकारको ध्यानाकर्षण गराएका हुन्। प्रदर्शनका क्रममा प्रहरीले केही विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

ग्यास माग्दै सिंहदरबार दक्षिण गेटमा प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । ग्यासको सहज आपूर्ति र अभाव अन्त्यको माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संघले बुधबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको छ । विद्यार्थीहरूले ग्यासका सिलिन्डर बोकेर प्रदर्शन गर्दै विद्यार्थी र सर्वसाधारणले भोग्दै आएको खाना

story5 publishers
Coverage

4 more headlines since

first · 2d agolatest · 2d ago
  1. रित्तो सिलिण्डर बोकेर सिंहदरबार पुगेका विद्यार्थी नेता – भोकभोकै मार्ने सरकारको नियत हो ? (भिडिओ)

    काठामाडौं । ग्यासको सहज आपूर्ति र अभाव अन्त्यको माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुले सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गर्यो । क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटा, उपमहासचीव तथा उपत्यका विशेष प्रदेश इन्चार्ज निरोज श्रेष्ठ लगायत विद्यार्थी नेताहरु ग्यासको रित्तो सिलिण्डर बोकेरै सिंहदरबार पुगेका थिए । ग्यासको अभाव तत्काल हटाउन, कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्नका […]

  2. ग्यास आपूर्तिको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

    काठमाडौँ- खाना पकाउने ग्यासको सहज आपूर्तिको माग गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल क्रान्तिकारीले सिंहदरबार दक्षिण गेटअगाडी प्रदर्शन गरेको छ। खाना पकाउने ग्यासको अभावका कारण दैनिक जीवनयापनमा समस्या भएको भन्दै सहज आपूर्ति हुनुपर्ने मागसहित उनीहरुले खाली सिलिण्डरसहित प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘भोक र महँगीको तमासा बन्द गर, चुलो निभाएर समृद्धिको भाषण, लाज लाग्दैन […]

  3. ग्यासको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन [फोटोफिचर]

    ग्यासको सहज आपूर्ति र अभाव अन्त्यको माग गर्दै नेकपानिकट विद्यार्थीहरूले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका छन् ।विद्यार्थीहरूले बुधबार ग्यासका सिलिन्डर बोकेर प्रदर्शन गर्दै विद्यार्थी र सर्वसाधारणले भोग्दै आएको खाना पकाउने ग्यासको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले बजारमा पर्याप्त ग्यास उपलब्ध गराउन तथा कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।त्यसक्रममा केही विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  4. ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

    काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी कठिन बन्दै गएको छ। सरकारले ग्यासको सहज आपूर्ति गर्न नसकेपछि काठमाडौंका होटल बन्द हुन थालेका छन्। यस्तोमा ग्यास अभाव अन्त्यको माग गर्दै नेकपानिकट अखिल क्रान्तिकारीले बुधबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको छ। विद्यार्थीहरूले ग्यासका सिलिन्डर बोकेर प्रदर्शन गर्दै विद्यार्थी र सर्वसाधारणले भोग्दै आएको पीडा पोखेका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.