Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 1d ago

काठमाडौंको माइतीघरमा एक महिलाद्वारा आत्मदाहको प्रयास, उपचारका लागि वीर अस्पताल लगियो

काठमाडौंको माइतीघर मण्डलामा सोमबार लक्ष्मीदेवी बस्नेत नाम गरेकी एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी छिन्। जेन-जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रमका क्रममा उनले सो प्रयास गरेकी हुन्। जिल्ला प्रहरी परिसरका एसपी दानबहादुर थापाका अनुसार प्रहरीले उनलाई तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको छ।

3 publishers · 4 headlines · developing over 1d 22h
Broke firstOnlineKhabar logoOnlineKhabar

माइतीघरमा एक महिलाले आफ्नै शरीरमा लगाइन् आगो

२३ भदौ, काठमाडौं । काठमाडौंको माइतीघरमा एक महिलाले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेकी छिन् । माइतीघर मण्डलामा आयोजित दीप प्रज्वलन कार्यक्रम चलिरहेका बेलामा ती महिलाले आगो लगाउने प्रयास गरेको जिल्ला प्रहरी परिसरका एसपी दानबहादुर थापाले जानकारी दिए । उनका अनुसार, लक्ष्मी बस्नेत नाम गरेकी महिलाले आगो लगाउने प्रयास गरेकी हुन् । उनलाई लगत्तै शरीररमा […]

Coverage

3 more headlines since

first · 3d agolatest · 1d ago
  1. माइतीघरमा आत्मदाह प्रयास गरेकी जेनजीको कथा : ९ महिनादेखि जलेको संसद भवनभित्रै बसेकी थिइन्

    काठमाडौंको माइतीघरमा अस्ति एक जेनजी युवतीले आफ्नै शरीरमा आगो लगाएर अहिले अस्पतालमा छिन् । शरीरमा ३५ प्रतिशत जलन भएकाले उनको अवस्था 'क्रिटिकल' छ ।

  2. माइतीघरमा जलेर घाइते युवतीको वीर अस्पतालमा उपचार जारी

    काठमाडौँ- काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी युवतीलाई वीर अस्पताल लगिएको छ। गोरखा घर भई काठमाडौँ बस्ने ३० वर्षकी लक्ष्मीदेवी बस्नेतले मंगलबार साँझ साढे ६ बजेतिर प्रज्वलनशील वस्तु खन्याएर आफैलाई आगो लगाएकी थिइन्। जेनजी आन्दोलनका शहीदको सम्झनामा दीप प्रज्वलन भइरहँदा ती युवतीले भने आगो लगाएको देखेपछि तत्काल निभाएर प्रहरीले अस्पताल पुर्‍याएको काठमाडौँका […]

  3. आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

    काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । काठमाडौंको माइतीघरमा आफ्नै शरीमा आगो लगाएकी लक्ष्मीदेवी बस्नेतलाई उपचारका लागि वीर अस्पताल लगिएको हो । जेन-जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रमका क्रमममा ती महिलाले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेकी हुन् । शरीरमा आगो लगाउनेबित्तिकै उनलाई प्रहरीले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.