Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

गृहमन्त्री सुधन गुरुङ अस्पताल भर्ना भएको समाचारको सचिवालयद्वारा खण्डन

गृहमन्त्री सुधन गुरुङ अत्यधिक ज्वरोका कारण अस्पताल भर्ना भएको भनी सार्वजनिक भएका समाचारलाई उनको सचिवालयले भ्रामक भन्दै खण्डन गरेको छ। सचिवालयका अनुसार गृहमन्त्री गुरुङ आफू बिरामी भएर नभई भोटेकोशी क्षेत्रको बाढीबाट उद्धार गरिएका बिरामीहरूको स्वास्थ्य अवस्था बुझ्न छाउनीस्थित सैनिक अस्पताल पुगेका हुन्। केही सञ्चारमाध्यमले उनी उपचारका लागि भर्ना भएको दाबी गरे तापनि सचिवालयले उनी बाढी प्रभावितको अवस्था अनुगमन गर्न त्यहाँ गएको स्पष्ट पारेको छ।

2 publishers · 2 headlines · developing over 5 hours
Broke firstNews of Nepal logoNews of Nepal

अत्यधिक ज्वरो आएपछि गृहमन्त्री गुरुङ छाउनी अस्पताल भर्ना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिरामी भएपछि काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन्। अत्यधिक ज्वरो आउनुका साथै शरीरभरि दाबर देखिएपछि उनलाई उपचारका लागि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको बताइएको छ। भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीपछि राहत, उद्धार तथा प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ निरन्तर खटिँदै आएका थिए। लगातारको व्यस्तता र […]

Coverage

1 more headline since

  1. गृहमन्त्री गुरुङ अस्पताल भर्ना भएको समाचार भ्रामक : सचिवालय

    काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ अस्पताल भर्ना भएको भन्दै सार्वजनिक भएका समाचारहरू पूर्णरूपमा भ्रामक र निराधार रहेको उनकाे सचिवालयले बताएको छ। गृहमन्त्रीको सचिवालयका अनुसार उनी स्वयं बिरामी परेर अस्पताल भर्ना भएको नभई बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी ल्याइएका बिरामीहरूको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिन छाउनीस्थित सैनिक अस्पताल पुगेका हुन्। सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा गृहमन्त्री आफैँ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.