Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2 Septlast: 4d ago

ग्रीन आर्मी नेपालको वैधतामाथि नेकपा एमालेका नेताहरूको प्रश्न

नेकपा एमालेका महासचिव शंकर पोखरेल र प्रचार विभाग प्रमुख निरज आचार्यले 'ग्रीन आर्मी नेपाल' नामक संस्थाको वैधतामाथि प्रश्न उठाएका छन्। रसुवा-नुवाकोट क्षेत्रमा नेपाली सेनाको जस्तै देखिने पोसाक लगाएर उद्धारमा खटिएको तस्बिर र भिडियो सार्वजनिक भएपछि यो समूह विवादमा आएको हो। एमाले नेताहरूले राष्ट्रिय सुरक्षा र सैन्य संरचनाको स्पष्ट संवैधानिक व्यवस्था विपरीत यस्ता संस्थालाई संगठित हुन दिनु अनुचित भएको भन्दै कारबाहीको माग गरेका छन्।

TopicsCPN (UML)
5 publishers · 8 headlines · developing over 5d 5h
Broke firstRatopati logoRatopati

‘ग्रीन आर्मी’ तत्काल खारेज गरियोस् : नेता आचार्य

काठमाडौँ । नेकपा एमाले, प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले ग्रीन आर्मीलाई कसले वैधता दियो भन्दै प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत उनले भने– 'नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो। नेपालको संविधान र कानुनले राष्ट्रिय सुरक्षा

story8 publishers
Coverage

7 more headlines since

  1. ‘ग्रीन आर्मी’ संस्था खारेज गर्न नेकपाको माग, विपद्‍मा स्वार्थ बोकेको टिप्पणी

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले विपद् र सङ्कटको मौका छोपी निहीत स्वार्थ सिद्ध गर्न खोजेको भन्दै ‘ग्रीन आर्मी’ संस्था तत्काल खारेज गर्न माग गरेको छ । केन्द्रीय कार्यसंयोजक समिति बैठकपछि प्रवक्ता प्रवक्ता प्रकाश ज्वालाले सार्वजनिक गरेको विशेष प्रस्तावमा उक्त माग गरिएको हो । नेकपाले भनेको छ, ‘गम्भीर विपद् र सङ्कटको मौका छोपी निहित स्वार्थ सिद्ध […]

  2. ग्रीन आर्मीको स्पष्टीकरण : खारेज भएको होइन, निरन्तर सक्रिय छौँ

    काठमाडौं- ग्रीन आर्मी नेपालले संस्था खारेज भएको भन्ने समाचार तथा सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ग्रीन आर्मी नेपालले आइतबार विज्ञप्ति जारी गर्दै संस्था खारेज भएको भन्ने समाचार तथ्यहीन, भ्रामक तथा अपुष्ट रहेको स्पष्ट पारेको हो। ‘हाल केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत ग्रीन आर्मी नेपाल संस्था खारेज भएको भन्ने आशयका समाचार तथा […]

  3. ‘ग्रीन आर्मी नेपाल’ कसका पालामा दर्ता भयो भन्ने मुख्य कुरा होइन, औचित्यमाथि प्रश्न उठाउनुपर्छ : शंकर पोखरेल

    काठमाडौँ- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ‘ग्रीन आर्मी नेपाल’ जस्ता सैनिक प्रकृतिका गैरसरकारी संस्थाको औचित्यमाथि प्रश्न उठाउनुपर्ने बताएका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत संस्था कसको पालामा दर्ता भयो ? कहाँ दर्ता भयो ? वा सेनासँग मिल्दोजुल्दो पोशाकको अनुमति कसले दियो ? भन्ने विषयले मात्रै यस्ता सङ्गठनको औचित्य पुष्टि नहुने बताएका हुन् । नेपालजस्तो […]

  4. ‘ग्रीन आर्मी’बारे एमालेको प्रश्न, ‘कसले र कुन आधारमा वैधता दियो? तत्काल खारेज होस्

    काठमाडौँ- नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले ‘ग्रीन आर्मी’ नामको संरचनालाई कसले र कुन कानुनी आधारमा वैधता दिएको हो भन्दै प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको र संविधान तथा कानुनले राष्ट्रिय सुरक्षा तथा सैन्य संरचनाको स्पष्ट व्यवस्था गरेको बताएका छन्। उनले नेपाली सेना नै […]

  5. शंकर पोखरेलको प्रश्न : ग्रीन आर्मीको वैधता के हो ?

    १७ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको ग्रीन आर्मी नेपाल नामक संस्थाको वैधता र पृष्ठभूमिमाथि प्रश्न उठाएका छन्। रसुवा–नुवाकोट क्षेत्रमा गएको बाढीपछि उक्त समूह नेपाली सेनाको जस्तै देखिने पोसाक लगाएर उद्धारमा खटिएको तस्बिर र भिडियो भाइरल भएपछि पोखरेलले यस्तो संस्थालाई संगठित हुन दिनु कत्तिको उचित हो भन्दै […]

  6. ग्रीन आर्मीलाई वैधता दिएकोमा एमालेको आपत्ति, तत्काल कारबाही गर्न माग

    काठमाडौँ । नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले ग्रीन आर्मीलाई वैधता दिएकामा आपत्ति जनाएका छन् । विपद्का बेला यस्तो कार्य अनुचित भएको भन्दै उनले कारबाही माग गरेका छन् । नेपालप्रेससँग प्रतिक्रिया दिँदै उनले नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको र संविधान र कानुनले राष्ट्रिय सुरक्षा तथा सैन्य संरचनाको स्पष्ट व्यवस्था गरेकाले नेपाली सेना नै नेपालको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.