Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1 Septlast: 2 Sept

स्थानीय तहको आलोचना गरेकोमा पूर्वाधारमन्त्रीप्रति रास्वपा सचेतक धितालको आपत्ति

रसुवामा आएको बाढीपछि स्थानीय तह र प्रदेश सरकारका संयन्त्रहरू स्वतः सक्रिय नभएको भनी भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले गरेको टिप्पणीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रमुख सचेतक क्रान्तिशिखा धितालले आपत्ति जनाएकी छन्। मन्त्री लम्सालले स्थानीय तहले समन्वय नगरेको आरोप लगाएपछि धितालले विपद् प्रभावित स्थानीय तह आफैँ पीडित भएको र उनीहरूलाई दोष दिनुको सट्टा सहयोग आवश्यक पर्ने बताएकी हुन्। काठमाडौंमा बसेर प्रभावित क्षेत्रका संयन्त्रहरू सक्रिय भएनन् भन्नु अनुचित हुने धितालको तर्क छ।

4 publishers · 4 headlines · developing over 11 hours
Broke firstNepal Press logoNepal Press

पूर्वाधारमन्त्रीलाई रास्वपा सचेतकको जवाफः स्थानीय तह पनि विपदका पीडित हुन्

रसूवा बाढी लगत्तै स्थानीय तह स्वतस्फुर्त परिचालित नभएको भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालको टिप्पणीप्रति लिएर सत्तारुढ रास्वपाकी प्रमुख सचेतक क्रान्तिशिखा धितालले असन्तुष्टि जनाएकी छन् ।

Coverage

3 more headlines since

first · 1 Septlatest · 2 Sept
  1. ‘स्थानीय तह परिचालन भएनन्’ भनेका मन्त्रीलाई क्रान्तिशिखाको जवाफ : दोषारोपण गर्नु नाजायज

    काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले विपद्का बेला प्रभावित स्थानीय तहलाई दोषारोपण गर्न नहुने बताएकी छन्। धितालले मंगलबार सामाजिक सञ्जालमार्फत काठमाडौंमा बसेर प्रभावित स्थानीय तहको सक्रियतामाथि प्रश्न उठाउनु उचित नहुने बताएकी हुन्। उनले बाढीबाट प्रभावित स्थानीय तह आफैं विपद्को चपेटामा परेको भन्दै त्यहाँका जनप्रतिनिधि र संयन्त्रबाट तत्काल पूर्ण क्षमतामा कामको अपेक्षा गर्नु […]

  2. मन्त्री लम्सालमाथि क्रान्तिशिखाको प्रहार : बाढीले आफैं बगरमा परिणत स्थानीय तहले कसरी समन्वय गर्छन् ?

    काठमाडौं- रसुवामा गत बुधबार आएको विनाशकारी बाढीपछि स्थानीय तह र प्रदेश सरकारका संयन्त्र स्वतः सक्रिय नभएको भन्दै भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले गरेको टिप्पणीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रमुख सचेतक क्रान्तिशिखा धितालले कडा प्रतिवाद गरेकी छन्। बाढीबाट प्रभावित स्थानीय तहलाई काठमाडौंमा बसेर ‘सक्रिय भएन’ र ‘समन्वय गरेन’ भन्दै आरोप लगाउनु अनुचित भएको धितालको भनाइ छ। प्रभावित स्थानीय […]

  3. विपद्‌मा स्थानीय तहलाई दोष होइन, सहारा चाहिन्छ : रास्वपा सचेतक धिताल

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले विपद्का बेला स्थानीय तह सक्रिय भएनन् वा केन्द्रसँग समन्वय भएन भन्दै आरोप लगाउनु उचित नहुने बताएकी छन्। धितालले मंगलबार सामाजिक सञ्जालमार्फत विपद्बाट प्रभावित स्थानीय तह आफैँ पनि

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.