Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 3d ago

भोटेकोशीको बाढी र लेदोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ। धादिङको गल्छी, बैरेनी, गलौदी र गजुरी क्षेत्रमा बाक्लो लेदो र गेग्रान थुप्रिएकाले यातायात सञ्चालन हुन सकेको छैन। बाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी दिपक रेग्मीका अनुसार बाढीले धादिङ जोड्ने तीनवटा पुल समेत बगाएको छ। नागढुंगा-मुग्लिन योजना कार्यालयले मेसिनहरू परिचालन गरी सडक खुलाउने प्रयास गरिरहेको छ।

5 publishers · 8 headlines · developing over 2d 19h
Broke firstBizmandu

बाढी पछि बैरेनी सडकखण्डमा बालुवा र हिलो थुप्रियो, पृथ्वी राजमार्ग पनि अवरुद्ध

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीले पृथ्वी राजमार्गमा समेत असर परेको छ। रसुवादेखि भोटेकोशी नदीमा बग्दै आएको हिलो, लेदो र बालुवा पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनी सडकमा थुप्रिँदा सडक अवरुद्ध भएको छ। बाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी दिपक रेग्मीले सडक पूर्णरुपमा अवरुद्ध भएको जानकारी दिए। त्यस्तै, धादिङसँग जोडिने तीन वटा पुल समेत बगाएको छ। अझै […] The post बाढी पछि बैरेनी सडकखण्डमा बालुवा र हिलो थुप्रियो, पृथ्वी राजमार्ग पनि अवरुद्ध appeared first on BIZMANDU.

content8 publishers
Coverage

7 more headlines since

  1. बाढीपछि लेदो जमेर अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो, बैरेनीमा मात्र एकतर्फी

    काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनी बजार क्षेत्रको करिब एक किलोमिटर सडक मात्र एकतर्फी सञ्चालनमा रहेको छ। प्रहरीका अनुसार भदौ १० गतेको भीषण बाढीपछि लेदो जमेर अवरुद्ध

    Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers
  2. काठमाडौं-मुग्लिन सहज, धादिङको बैरेनी बजारको एक किमिबाहेक पृथ्वी राजमार्ग दुइतर्फी नै सञ्चालन

    काठमाडौं। धादिङको बैरेनी बजारको एक किलोमिटर बाहेक पृथ्वी राजमार्गमा दुइतर्फी नै सडक सञ्चालनमा आएको छ। त्रिशूली बाढीले ल्याएको लेदो पन्छाएपछि राजमार्गमा आवागमन बिस्तारै सामान्य हुने क्रममा छ। यसअघि पृथ्वी राजमार्ग तीन दिनको प्रयासपछि एकतर्फी खुलाइएको थियो। गल्छी-मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाइएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन शुक्रबार साँझबाट सञ्चालनमा आएको थियो। गल्छी-मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएपछि […] The post काठमाडौं-मुग्लिन सहज, धादिङको बैरेनी बजारको एक किमिबाहेक पृथ्वी राजमार्ग दुइतर्फी नै सञ्चालन appeared first on BIZMANDU.

    BizmanduPrivatecontent8 publishers
  3. बाढीले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा, बैरेनीमा अझै लेदो पन्छाउन बाँकी

    १३ भदौ, काठमाडौं । पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीले धादिङको बैरेनीदेखि गलौदीसम्मको काठमाडौं-मुग्लिन सडकमा लेदो थुपारेको थियो । बाढीले ठाउँठाउँमा थुपारेको लेदो पन्छाएपछि शुक्रबार राति ८ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका प्रमुख डिल्ली नारायण पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । पृथ्वी […]

  4. तीन दिनदेखि अवरुद्ध पृथ्वी राजमार्ग

    काठमाडौं । काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण धादिङका विभिन्न स्थानमा लेदो थुप्रिएपछि सडक अवरुद्ध भएको हो। गजुरी गाउँपालिका–५ को गलौदी र बाहुनी भीर तथा गल्छी गाउँपालिकाको महेश दोभानमा थुप्रिएको लेदो हटाउने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। बस्ती क्षेत्रमा थुप्रिएको लेदो उठाएर अन्यत्र व्यवस्थापन गर्नुपर्ने […]

  5. लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

    काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धादिङका विभिन्न स्थानमा लेदो थुप्रिएपछि बुधबार साँझदेखि सडक बन्द भएको हो। गजुरी गाउँपालिका–५ को गलौदी र बाहुनी भिर तथा गल्छी गाउँपालिकाको महेश दोभानमा लेदो हटाउन बाँकी छ। सडकमा थुप्रिएको लेदो हटाउन उपकरण प्रयोग भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। बस्ती […]

  6. भोटेकोशी बाढीले पृथ्वी राजमार्ग अझै अवरुद्ध, गल्छी-बैरेनीमा बाक्लो लेदो हटाउन कठिन

    काठमाडौं। रसुवाको भोटेकोशी नदीबाट आएको भीषण बाढीले पृथ्वी राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका छन्। बाढीले ल्याएको लेदो र गेग्रानका कारण गल्छी-बैरेनी, गलौदी, जरेखेत र चालिसे क्षेत्रमा सडक अवरुद्ध भएको हो। नागढुंगा-मुग्लिन योजना कार्यालयले अवरुद्ध सडक खुलाउन ठूलो संख्यामा मेसिन परिचालन गरेको छ। कार्यालयले भदौ ११ गते साँझसम्म सडक खुलाउने तयारी गरेको जनाएको छ। नौबिसे-मलेखु खण्डअन्तर्गत […] The post भोटेकोशी बाढीले पृथ्वी राजमार्ग अझै अवरुद्ध, गल्छी-बैरेनीमा बाक्लो लेदो हटाउन कठिन appeared first on BIZMANDU.

    BizmanduPrivatecontent8 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.