बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार
८ साउन, धनगढी । बाजुराको बडिमालिका नगरपालिका–९ को सेलागाड खोला र बाउली खोलाको दोभान नजिकैबाट बस्तीमा बाढी पसेको छ । बाढी बस्तीमा पसेपछि जोखिममा परेका १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराका अनुसार बिहीबार राति नै जोखिममा परेका घरका सामानसहित उद्धार गरेर सुरक्षित स्थानमा राखिएको हो । […]


