Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

हर्क साम्पाङको साथ छाड्दै निनाचन्द्र राईद्वारा श्रम संस्कृति पार्टी परित्याग

धरानका मेयर हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्र राईले श्रम संस्कृति पार्टी परित्याग गरेका छन्। बुधबार धरानमा आयोजित पत्रकार सम्मेलनमा राईले साम्पाङले आफूलाई मेयरको उम्मेदवार बनाउने आश्वासन दिएर धोका दिएको आरोप लगाए। राईले आफूसँगै १०० भन्दा बढी कार्यकर्ताले पार्टी छाडेको दाबी समेत गरेका छन्।

Summary by Jayaman

5publishers
5headlines
Span: 10 hoursNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

श्रम संस्कृति छाडेको निनाचन्द्रको घोषणा, हर्क साम्पाङले धरानको मेयर उठाउँछु भनेर ढाँटेको दाबी

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ नजिकका सहयोगी निनाचन्द्र राईले पार्टी छाडेका छन् । धरानमा पत्रकार सम्मेलन गर्दै राईले आजबाट श्रम संस्कृति र हर्क साम्पाङसँग सम्बन्ध नरहेको घोषणा गरे । हर्कलाई धरानको मेयर बनाउने अभियानमा उनले सक्रितापूर्वक साथ दिएका थिए । निनाचन्द्रले आफूसहित १०० भन्दा बढीले पार्टी छाडेको दाबीसमेत गरेका छन् । आफूलाई […]

Coverage

4 more headlines since

first · 2d agolatest · 1d ago
    1. हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्र राईसहित १०२ जनाद्वारा श्रम संस्कृति पार्टी परित्याग

      धरान उपमहानगरपालिकाको मेयर पदका लागि तयारी गरिरहेका राईले आफूलाई राजनीतिक रूपमा धोका दिइएको आरोप लगाएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
    2. हर्कको पार्टीमा खैलाबैला : धरानको मेयर बनाउँछु भनेर धोका दिएको गुनासो, केन्द्रीय सदस्यसहित पाँचजनाको राजीनामा

      काठमाडौं- आगामी निर्वाचनका लागि धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवारीलाई लिएर विवाद चर्किएपछि हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आन्तरिक असन्तुष्टि देखिएको छ । पार्टीका केन्द्रीय सदस्य पूर्ण गहतराज विश्वकर्मासहित पाँच जनाले सामूहिक राजीनामा दिएपछि उनीहरूलाई अध्यक्ष साम्पाङ्गले बुधबार दिउँसो निष्काशन गरेका छन् । साम्पाङ्गले सामाजिक सञ्जालमा लेख्दै केन्द्रीय सदस्य गहतराज र प्रदेश सदस्य राखी मेवाहाङलाई पार्टीबाट […]

    3. निनाचन्द्र राईद्वारा संस्कृति पार्टी परित्याग, १०० जनाभन्दा बढीले पार्टी छाडेको दाबी

      काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्र राईले पार्टी छाडेका छन्। निनाचन्द्रले आफूसहित १०० भन्दा बढीले पार्टी छाडेको दाबीसमेत गरेका छन्। स्वतन्त्र रूपमै मेयर लड्ने अभियानमा रहेका निनाचन्द्रले आफूलाई साम्पाङले धोका दिएको भन्दै पार्टी परित्याग गरेको बताएका छन्। निनाचन्द्र हर्कलाई स्वतन्त्रमा मेयर जिताउन सक्रियतापूर्वक साथ दिने व्यक्ति हुन् । धरानको मेयरमा आश्वासन […]

    4. हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्रले छाडे श्रम संस्कृति पार्टी, मेयरमा उठाउँछु भनेर धोका दिएको आरोप

      विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्र राईले पार्टी छाडेका छन् । धरानमा बुधबार बिहान पत्रकार सम्मेलन गर्दै राईले आजबाट श्रम संस्कृति र हर्क साम्पाङसँग सम्बन्ध नरहेको घोषणा गरे । ।

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
Ninachandra Rai Quits Shram Sanskriti Party Citing Betrayal by Harka Sampang · K cha khabar