Skip to content
kchakhabarehकेखबर
StoryEN · NEfirst: 4d agolast: 1d ago

सरकारले ल्याएको नयाँ बजेट बोझिलो र वितरणमुखी भएको नेपाली कांग्रेसको टिप्पणी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई आर्थिक रूपमा बोझिलो र वितरणमुखी भएको टिप्पणी गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले बजेटमा पूँजीगत खर्चको तुलनामा चालु खर्च अत्यधिक रहेको र यसले आर्थिक वृद्धिलाई सहयोग नगर्ने बताउनुभएको छ। कांग्रेसले सरकारले 'जहाँ भोट, त्यहीँ बजेट' को नीति लिएको र उत्पादनशील क्षेत्रभन्दा वितरणमा बढी जोड दिएको आरोप लगाएको छ। पेसागत महासङ्घ नेपालले पनि बजेटको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण हुने भन्दै चिन्ता व्यक्त गरेको छ।

Summary by Jayaman

8publishers
10headlines
Span: 2d 21hEN · NEUpdated 1d ago
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

कांग्रेसको प्रतिक्रिया- आकार ठूलो बनाउँदैमा सकारात्मक प्रतिफल आउँदैन

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट वितरणमुखी भएको टिप्पणी गरेको छ। बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कांग्रेसका सचेतक निश्कल राईले सरकारको खर्च गर्ने क्षमता कमजोर रहेकाले बजेटको आकार ठूलो बनाउँदैमा सकारात्मक प्रतिफल नआउने बताए। उनले भने, ‘उत्पादनशील क्षेत्रमा पर्याप्त ध्यान नदिइए बजेट प्रभावकारी हुन सक्दैन। राष्ट्रको खर्च गर्ने क्षमता कति […]

Coverage

9 more headlines since

first · 4d agolatest · 1d ago
  1. Yesterday
    1. पेसागत महासङ्घको टिप्पणी : ऋण र चालु खर्चमुखी बजेटले आर्थिक वृद्धिलाई धक्का दिन सक्छ

      काठमाडौँ । पेसागत महासङ्घ नेपालले आर्थिक वर्ष २०८३/०८४ को बजेट अत्यधिक महत्वाकांक्षी भएकाले यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण हुने जनाएको छ । महासङ्घले सोमबार जारी गरेको धारणा पत्रमा बजेटले उत्पादन, रोजगारी सिर्जना र आर्थिक विकासलाई पर्याप्त प्राथमिकता दिन नसकेको टिप्पणी गरेको छ । महासङ्घका महासचिव राजन रेग्मीद्वारा हस्ताक्षरित धारणा पत्रमा सरकारले प्रस्तुत गरेको २१ खर्ब २४ […]

  2. Older
    1. कांग्रेसको टिप्पणी- बजेटमा चालु खर्च घटाउने र पूँजीगत खर्च बढाउने विश्वसनीय योजना देखिएन

      नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेटमा चालु खर्च उच्च र पूँजीगत खर्च न्यून रहेको टिप्पणी गरेका छन् ।बजेट सार्वजनिक भएको भोलिपल्ट शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै चालिसेले कूल बजेटको ५९.८ प्रतिशत अर्थात् १२ खर्ब ७० अर्ब ५८ करोड रूपैयाँ चालु खर्चतर्फ विनियोजन गरिएको, जबकि पूँजीगत खर्च २०.३ प्रतिशत अर्थात् ४ खर्ब ३१ अर्ब १० करोड रूपैयाँ मात्र रहेको उल्लेख गरेका छन् ।उनले सरकारले चालु खर्च नियन्त्रण गर्न नसकेको दाबी गर्दै चालु खर

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    2. कांग्रेसको निष्कर्ष- सरकारले जहाँ भोट त्यही बजेटको नीति लियो

      काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको बजेट आर्थिक रूपमा बोझिलो भएको टिप्पणी गरेका छन्। प्रवक्ता देवराज चालिसेले बजेटले जहाँ भोट त्यही बजेटको नीति लिएको टिप्पणी गरे। उनले भनेका छन्, ‘डिजिटल प्लेटफर्मवाट उदाएको सरकारले डिजिटल प्लेटफर्मलाई नै खुसी पार्ने गरी बजेट ल्याएको छ । वितरणमुखी बजेट को लागि रास्वपा लाई बधाई छ । […]

    3. कांग्रेसको टिप्पणी- बजेट आर्थिक रूपमा बोझिलो र वितरणमुखी भयो

      काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट आर्थिक रूपमा बोझिलो भएको टिप्पणी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गरेको २४ घण्टा पुग्नै लाग्दा कांग्रेसले पार्टीको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives10 publishers
    4. कांग्रेसको टिप्पणी : बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’

      काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट आर्थिक रूपमा बोझिलो र वितरणमुखी भएको टिप्पणी गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले बजेटले ‘जहाँ भोट, त्यहीँ बजेट’ को नीति अपनाएको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमार्फत् सरकारको बजेटमा चालु खर्च उच्च र पुँजीगत खर्च न्यून रहेको उल्लेख गर्दै ऋण र पुँजीगत […]

    5. ‘डिजिटल संसारलाई खुसी पार्न किसान र गरिबलाई उपेक्षा’

      काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकारले प्रस्तुत गरेको नयाँ बजेटको तीव्र आलोचना गर्दै यसलाई आर्थिक रूपमा बोझिलो र वितरणमुखी भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै उनले बजेटमा चालु

      Ratopati logoRatopatiPrivatestory10 publishers
    6. Congress Spokesperson Criticizes New Budget as Financially Burdensome and Distribution-Oriented

      Kathmandu. Nepali Congress spokesperson Devraj Chalise has strongly criticized the new budget presented by the government, terming it financially burdensome...

    7. बजेट आर्थिक रूपमा बोझिलो : कांग्रेस

      १६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट आर्थिक रूपमा बोझिलो भएको टिप्पणी गरेको छ । कांग्रेसले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गरेको २४ घण्टा पुग्नै लाग्दा पार्टीको धारणा सार्वजनिक गरेर सरकारले ‘जहाँ भोट, त्यहीँ बजेट’ को नीति लिएको टिप्पणी गरेको हो । ‘समग्रमा यो बजेट […]

    8. बजेटको कथ्य र तथ्यबीच ठूलो खाडल : कांग्रेस

      काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक हितविपरित, बोझिलो र वितरणमुखी रहेको आरोप लगाएका छन्। बजेटको संरचनाले देशलाई गम्भीर आर्थिक संकटतर्फ धकेल्ने भन्दै उनले सामाजिक सञ्जालमार्फत प्रचारमुखी डिजिटल भाष्य र वास्तविक धरातलबीच ठूलो खाडल रहेको टिप्पणी गरेका हुन्। बजेटमा उत्पादनशील क्षेत्रभन्दा अनुत्पादक क्षेत्रको हिस्सा अत्यधिक देखिएको चालिसेले […]

Nepali Congress Criticizes New Budget as Burdensome and Distribution-Oriented · K cha khabar