
माइतीघरमा श्रम संस्कृति पार्टीको नारा- ‘यो देश गरीबको पनि हो’
काठमाडौं– माइतीघर मण्डलामा श्रम संस्कृति पार्टी बागमती प्रदेशले सुकुम्वासी तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकमाथि राज्यले दमन गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेको छ। ‘यो देश गरिबको पनि हो’ भन्ने नारा सहित पार्टीका नेता तथा कार्यकर्ताले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।




