Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

182 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

5

अमेरिकी अभिनेत्री हेडनको मृत्युबारे प्रहरी अनुसन्धानबाट निकालियो यस्तो निष्कर्ष

अमेरिकी अभिनेत्री हेडन प्यानेटियरको मृत्यु दुर्घटनावश लागुऔषधको अत्यधिक सेवनबाट भएको निष्कर्ष निकालिएको छ। दक्षिण क्यारोलिनास्थित प्रहरीले उनको मृत्युबारेको अनुसन्धान टुङ्ग्याएको जनाएको छ।‘हिरोज’ र ‘न्यासभिल’ जस्ता टेलिभिजन शृङ्खला तथा ‘स्क्रिम’ फिल्मबाट चर्चित ३६ वर्षीया प्यानेटियरको गत अगस्ट १६ मा मृत्यु भएको थियो। उनको शरीरमा फेन्टानिल, ज्यानाक्ससहित विभिन्न औषधिको विषाक्त प्रभाव देखिएको थियो।ग्रिनभिल प्रहरी विभागले चिकित्सकीय परीक्षणको प्रतिवेदन र अनुसन्धा

Lokaantar logoLokaantarPrivatestory

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

बङ्गालको खाडीमा उत्पन्न ‘अर्नव’ चक्रवातको प्रभावका कारण देशका अन्य भागसँगै झापामा पनि बाढी र डुबानको जोखिम बढेको छ । सम्भावित विपद्बाट जोगिन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणको सूचनालाई आधार मान्दै प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशका चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।यतिबेला झापाका किसान पाकेको धान

Lokaantar logoLokaantarPrivatestory10 publishers

अमेरिका पुगेपछि बोल्सोनारोको स्पष्टीकरण- म भागेको होइन, ब्राजिलकै लागि बाहिरिएको हुँ

ब्राजिलका सिनेटर फ्लाभियो बोल्सोनारोले आफू न्यायबाट बच्न देश छोडेर नभागेको दाबी गरेका छन्। आइतबार भएको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि अमेरिकाको फ्लोरिडास्थित मियामी पुगेका उनले आफ्नो मातृभूमि छाड्ने मनसाय कहिल्यै नभएको बताएका छन्।ब्राजिल छाडेपछिको आफ्नो पहिलो भनाइ सार्वजनिक गर्दै उनले भनेका छन्, 'म ब्राजिलबाट भागेको होइन, ब्राजिलको भलाइका लागि बाहिरिएको हुँ।'ब्राजिलियन अधिकारीहरूले उनीमाथि चलिरहेको आपराधिक अनुसन्धानलाई लिएर उनको राहदानी (पासपोर्ट) रद्द गरिसकेका थिए। तर, अमेरिका

Lokaantar logoLokaantarPrivatestory17 publishers

विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

बागलुङका विपद् सङ्कटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा रु दुई करोड अनुदान उपलव्ध गराएको छ । सरकारले गत असोज ११ गतेको बाढीपहिरोबाट धनजनको क्षति पुगेका पश्चिम बागलुङका छ स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो । घोषणालगत्तै जिल्ला प्रशासन कार्यालयमा पहिलो चरणमा छ स्थानीय तहलाई रु दुई करोड राहत आएको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए । उक्त रकम सङ्कटग्रस्त घोषणा गरिएको पालिकाको खातामा पठाइने छ । पालिकाले विपद्पछि तत्

Lokaantar logoLokaantarPrivatestory3 publishers

ठूलो संख्यामा कर्मचारी कटौती घोषणा गरेको केही दिनमै माइक्रोसफ्टको नाफामा भारी वृद्धि

टेक्नोलोजी जायन्ट माइक्रोसफ्टले आफ्नो एक चौथाइभन्दा बढी कर्मचारी कटौती गर्ने घोषणा गरेको केही दिनपछि नै भारी नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । सेप्टेम्बर अन्त्यसम्मको तीन महिनाको अवधिमा कम्पनीको नाफा ३६.६ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ।सोमबार मात्रै कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अर्बौं डलर लगानी गरिरहेको भन्दै लागत घटाउन करिब ६० हजार कर्मचारीलाई 'बायआउट' (आर्थिक सुविधासहितको स्वैच्छिक अवकाश) को प्रस्ताव दिने बताएको थियो।अन्य टेक कम्पनीहरू जस्तै, माइक्रोसफ्टले पनि ए

Lokaantar logoLokaantarPrivatestory5 publishers

1–3 hours ago

2

स्पेनमा हाई-स्पीड रेल दुर्घटना: ६८ जनाको मृत्यु

स्पेनको मध्य भागमा भएको हाई-स्पीड रेल दुर्घटना हुँदा कम्तीमा ६८ जनाको ज्यान गएको छ भने दर्जनौँ मानिसहरू गम्भीर घाइते भएका छन्। बीबीसीका अनुसार आधुनिक युरोपको इतिहासमै यो एक भीषण रेल दुर्घटना हो । पछिल्ला १३ वर्षयता स्पेनमा घटेको यो सबैभन्दा ठूलो रेल दुर्घटना हो ।स्थानीय समयअनुसार बुधबार बिहान राजधानी मड्रिडबाट सेभिल्तर्फ जाँदै गरेको एउटा तीव्र गतिको रेल ट्र्याकमा रोकिएको अर्को रेलमा ठोक्किएको थियो । ठोक्किएकै कारण रेलका धेरै डिब्बाहरू ट्र्याकबाट तल खसेका थिए । मड्रिडबाट दक्षिणतर्फ करिब १४० किलोम

Lokaantar logoLokaantarPrivatestory10 publishers

बन्दीपुरमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा मोटरसाइकलको ठक्करबाट वृद्धा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पम्फा बोटे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलले पैदलयात्री बोटेलाई ठक्कर दिएर गम्भीर घाइते बनाएकामा निजको उपचारका क्रममा राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षीय अनिल गोतामे र सवार १८ वर्षीय मन्दीप घिमिरे घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको ल

Lokaantar logoLokaantarPrivatestory3 publishers

3–12 hours ago

14

चाडपर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वमा चोरी, लुटपाट, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्दै नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै उनले दीपावली, नेपाल संवत् र छठलाई लक्षित गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।कार्कीले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने कार्य नियन्त्रण र यात्रुको सुरक्षित आवागमनमा वि

Lokaantar logoLokaantarPrivatestory4 publishers

पोखरा स्कुल बस दुर्घटनाको प्रतिवेदन : प्राविधिक खराबी, तीव्र गति र चालकको लापरवाहीलाई दोष

पोखराको माझठानास्थित ओख्लेमा कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुनुमा प्राविधिक खराबी, तीव्र गति र चालकको लापरवाही जिम्मेवार रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ।पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिले दुर्घटनाको प्राविधिक, मानवीय र सडक पूर्वाधारसम्बन्धी पक्षको अध्ययन गरी नगरप्रमुखसमक्ष प्रतिवेदन बुझाएको हो।गत असोज २३ गते बिहान विद्यार्थी लिएर माझठानाबाट कालिकातर्फ जाँदै गरेको ग २ ख १७४७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा प

Lokaantar logoLokaantarPrivatestory3 publishers

कुरियरबाट ल्याइएको एक किलो गाँजासहित दुई जना पक्राउ

अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा ल्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।पक्राउ पर्नेमा भारतको गुजरातस्थित अहमदाबादका २३ वर्षीय भावर्सिङ र ३३ वर्षीय वन्दित पटेल रहेका छन्।लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका अनुसार उनीहरूलाई विशेष सूचनाका आधारमा गरिएको अनुसन्धानका क्रममा पक्राउ गरिएको हो। प्रहरीले कात्तिक १० गते कुरियरमार्फत आएको शङ्कास्पद सामग्री जाँच गर्दा गाँजा फेला पारेको जनाएको छ।पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। गाँज

Lokaantar logoLokaantarPrivatestory10 publishers

स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ५० गम्भीर घाइते

स्पेनको राजधानी म्याड्रिडको दक्षिणमा पर्ने टोलेडो नजिकै दुई उच्च गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८० भन्दा बढी घाइते भएका छन्। बीबीसीका अनुसार सन् २०१३ यताकै स्पेनको सबैभन्दा घातक रेल दुर्घटना हो।स्पेनका यातायातमन्त्री ओस्कार पुएन्टेका अनुसार कम्प्युटर प्रणालीमा खराबी आएपछि रेलहरू रोकिएका थिए। त्यसपछि नियन्त्रण कक्षले गति प्रतिबन्धबिना रेल अघि बढ्न दिने निर्णय गर्दा दुर्घटना भएको प्रारम्भिक विवरण छ। पछाडिबाट आएको राष्ट्रिय रेल कम्पनी रेन्फेको तीव्र गति

Lokaantar logoLokaantarPrivatestory10 publishers

सुदूरपश्चिमको पहिलो जित, पोखरा स्तब्ध

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ।कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शन र अनिल खरेलको धारिलो बलिङ सामु पोखरा स्तब्ध बन्न पुग्यो।पोखरा एभेन्जर्सले प्रस्तुत गरेको १४६ रनको मध्यम लक्ष्य सुदूरपश्चिम रोयल्सले १६.५ ओभरमै मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो।सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्र सिंह ऐरीले सानदार अर्धशतकीय पारी खेले। उनले ३६ बलको सामना गर्दै

Lokaantar logoLokaantarPrivatestory27 publishers

सुदूरपश्चिमले पोखरालाई हराउँदै त्रिवि क्रिकेट मैदानमा जे देखियो, तस्बिरमा हेर्नुहोस्

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ।बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित ५१ र इशान पाण्डेले ३७ रन बनाए। ब्रान्डन म्याकुलमले २२ रनको योगदान दिए।यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो। अर्जुन घर्तीले अविजित ४०, महेदी हसनले ३२ र कप्तान कुशल भुर्तेलले

Lokaantar logoLokaantarPrivatestory13 publishers

ब्राजिलमा चुनाव हारेका बोल्सोनारो परिवारसहित अमेरिका पुगे

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित फ्लाभियो बोल्सोनारो परिवारसहित अमेरिका पुगेका छन्। भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान खेपिरहेका उनी पक्राउ पर्ने डरले देश छाडेको बताइएको छ।ब्राजिलको सर्वोच्च अदालतले राहदानी बुझाउन आदेश दिएपछि उनी अमेरिका पुगेका हुन्। अधिकारीहरूले उनको राहदानी रद्द गरेको भोलिपल्ट बुधबार उनी फ्लोरिडाको मियामीस्थित ओपा-लोका एक्जिक्युटिभ विमानस्थलमा अवतरण गरेका थिए।अक्टोबरको पहिलो चरणको मतदानमा ४७ प्रतिशत मत ल्याएका बोल्सोनारो दोस्रो चरणमा वर्तमान राष्ट्

Lokaantar logoLokaantarPrivatestory17 publishers

काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड दाखिला गर्न पत्राचार

अछामको मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणको ठेक्का तोडिएको छ। काममा ढिलाइ भएपछि सडक डिभिजन कार्यालय साँफेबगरले निर्माण व्यवसायीलाई ३८ करोड २३ लाख ९६ हजार ४९३ रुपैयाँ दाखिला गर्न पत्राचार गरेको छ।२०७९ वैशाख १६ गते सम्झौता भएको १० किलोमिटर सडक २०८२ वैशाख १६ सम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो। म्याद २०८३ वैशाख १६ सम्म थप गरिए पनि काम पूरा नभएपछि ठेक्का तोडिएको हो। ठेक्का तोड्दासम्म सडकको भौतिक प्रगति १९.८३ प्रतिशत मात्रै थियो।सडक निर्माणका लागि ३९ करोड ९९ ला

Lokaantar logoLokaantarPrivatestory9 publishers

चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्ने सरकारको निर्णय

सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत पक्षसँग विगतमा भएका सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई समन्वय गरेर समयमै टुङ्ग्याउने निर्णय गरेको हो।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारसहितको बैठकमा विगतमा भएका सहमतिको समीक्षा गरिएको थियो। बैठकले कार्यान्वयनमा आइसके

Lokaantar logoLokaantarPrivatestory8 publishers

इजरायलमा सरकार गठनका लागि अरब दल विपक्षीसँग वार्तामा

इजरायलमा संसदीय निर्वाचनपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई सत्ताबाट हटाउन अरब नेतृत्वका दलहरू विपक्षीसँग वार्तामा जुटेका छन्।अरब समुदायको प्रतिनिधित्व गर्ने ताल, बालाद र हदाश दल सम्मिलित ‘जोइन्ट लिस्ट’ गठबन्धनले विपक्षीलाई संसदीय समर्थन दिन सक्ने वरिष्ठ अरब सांसद अहमद तिबीले बताएका छन्। तर, गठबन्धन औपचारिक रूपमा सरकारमा सहभागी हुने सम्भावना कम रहेको उनको भनाइ छ।तिबीका अनुसार अरब अल्पसङ्ख्यक समुदायमाथिको अपराध नियन्त्रण, घर भत्काउने कार्य रोक्ने, पूर्वाधार विकास र घृणाजन्य गतिव

Lokaantar logoLokaantarPrivatestory4 publishers

शिक्षामन्त्रीसँग स्विट्जरल्यान्डका राजदूतको भेट

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानीएल मेउलीले शिष्टाचार भेट गरेकी छिन् ।सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, बाढी पहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रको आगामी सहकार्यबारे छलफल भएको थियो । मन्त्री पोखरेलले मुलुकको शैक्षिक उन्नयनमा स्विस सरकारबाट गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गरे ।मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभेट)सम्बन्धी नयाँ ऐन निर्माणको प्रक्रिया अन्तिम चरणम

Lokaantar logoLokaantarPrivatestory3 publishers

बालबालिका र गर्भवतीलाई इनर्जी ड्रिङ्क्स नपिउन आग्रह

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला र मधुमेहलगायतका रोग भएका व्यक्तिलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह गरेको छ।विभागले स्वस्थ वयस्कलाई समेत एक दिनमा दुई क्यानभन्दा बढी इनर्जी ड्रिङ्क्स सेवन नगर्न सुझाव दिएको छ।विभागका अनुसार नेपालमा १७ वटा उद्योगले अनुमति लिएर इनर्जी ड्रिङ्क्स उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन्। उत्पादित इनर्जी ड्रिङ्क्सको प्रतिक्यानमा १०० मिलिग्राम क्याफिन रहेको पाइएको छ।युरोपेली खाद्य सुरक्षा प्राधिकरण र अमेरिकी खाद्य तथा औष

Lokaantar logoLokaantarPrivatestory8 publishers

मध्य स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

मध्य स्पेनमा बुधबार एउटा तीव्र गतिको रेल रोकिएको अर्को रेलको पछाडिको भागमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा रेलका दुई डिब्बा लिकबाट बाहिरिएका छन् ।स्पेनी अधिकारीले सुरुमा १० जनाको मृत्यु भएको बताएका थिए । तर सरकारी समाचार संस्था ईएफई लगायतका सञ्चारमाध्यमले पछि मृतकको सङ्ख्या बढेर कम्तीमा ३० पुगेको जनाएका छन् ।रेल सञ्जाल सञ्चालक संस्था एडीआईएफका अनुसार, दुर्घटना बुधबार बिहान टोलेडो प्रान्तमा भएको हो । घटनापछि म्याड्रिड, सिउदाद रियल र आन्डालुसिय

Lokaantar logoLokaantarPrivatestory10 publishers

गैरकानूनी कार्यमा संलग्न रहेको आरोपमा १० जना विदेशी पक्राउ

पर्यटक भिसामा नेपाल आएर क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी नागरिक पक्राउ परेका छन् ।मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको कारण दश जना विदेशी नागरिकहरूको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको गृहमन्त्रालयले जनाएको छ ।शिविरमा आवश्यक अनुमति नलिई पर्यटक भिसामा आएका विदेशी नागरिक संलग्न भएकाले विदेशी नागर

Lokaantar logoLokaantarPrivatestory8 publishers

Yesterday

47

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा बुधबार पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय ४६ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४५ रन बनायो ।पोखराका लागि छैटौँ नम्बरमा क्रिज समाल्न आएका अर्जुन घर्तीले अविजित ४० रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल २५ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए ।ओपनर ब्याट्सम्यान मेहदी हसनले ३२ र

Lokaantar logoLokaantarPrivatestory13 publishers

चुनदेवी समूहको जिल्ला अधिवेशन धमाधम, कांग्रेस संस्थापनमा अझै अन्योल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जिल्ला र प्रदेश तहको अधिवेशन अनिश्चित बनेको छ । देशभरका ७७ जिल्ला र सातै प्रदेशमा कांग्रेसले नयाँ कार्यसमिति कहिले पाउँछ भन्ने टुंगो लाग्न सकेको छैन ।जिल्ला र प्रदेश तहको अधिवेशनको मिति तय गर्ने विषयमा पार्टीको केन्द्रीय निर्वाचन समिति र केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू नै अन्योलमा देखिएका छन् । अधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषयमा ठोस निर्णय लिन नसक्दा तल्ला तहको नेतृत्व चयन प्रक्रिया कहिले अघि बढ्छ भन्ने प्रश्न अनुत्तरित छ ।एकातिर पार्टीको आधिक

Lokaantar logoLokaantarPrivatestory

एनएमबि बैंक र भिजाबीच 'भिजा डाइरेक्ट टू एकाउन्ट' सेवाका लागि सम्झौता

एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजा (Visa) सँग 'भिजा डाइरेक्ट टू एकाउन्ट' (Visa Direct to Account) सेवाका लागि सम्झौता गरेको छ।भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रहरूमा सफलतापूर्वक सञ्चालनमा आइसकेको छ।यस सम्झौतापश्चात् एनएमबि बैंकका ग्राहकहरूलाई विदेशमा रकम पठाउने नयाँ र सहज विकल्प प्राप्त हुनेछ।यो प्रविधि प्रयोग गरी ग्राहकहरूले झन्झटविना अझ भरपर्दो र सुरक्षित रुपमा रकम स्थानान्तरण गर्न सक्नेछन् ।एनएमबि बैंकले हाल देशभरि&n

Lokaantar logoLokaantarPrivatestory5 publishers

आगामी शनिबार पोखरामा ‘पल्सर आरपीएम’, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव

युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते शनिबार पोखरामा आयोजना हुने भएको छ।पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजना हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीत तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश हुनेछन्।कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ।काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न भएका संस्करणपछि पोखरा आइपुग्न लागेको पल्सर आरपीएमले यसपटक सहरका युवा, खेलप्र

Lokaantar logoLokaantarPrivatestory3 publishers

पानी तान्ने मोटरको तार चोरेको आरोप लगाएपछि हत्या, तीन जना पक्राउ

सुनसरीको विराटनगर महानगरपालिका–११ स्थित केसरिया बस्ने लालजीप्रसाद गुप्ताको हत्या पुरानो रिसइबीका कारण भएको तथ्य फेला परेको छ ।गत आइतबार बिहान गुप्ताको शव सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराले बेरिएको अवस्थामा भेटिएको थियो ।जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी गुप्ताको हत्या आरोपमा पक्राउ परेका तीन जनको विवरण सार्वजनिक गरेको छ । सुनसरी प्रहरी प्रमुख पुष्पराज मल्लका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिकाका स्वा

Lokaantar logoLokaantarPrivatestory8 publishers

एनपीएल : सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा बुधबार सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सले टस जितेर पोखरा एभेन्जर्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीचको खेल साँझ ५ बजे शुरू हुनेछ ।जारी प्रतियोगितामा सुदूरपश्चिमको दोस्रो र पोखराको पहिलो खेल हो ।

Lokaantar logoLokaantarPrivatestory23 publishers

भ्रष्टाचारको जरो उखेल्ने बेला : अब कारबाही होइन, सफाइ अभियान

भ्रष्टाचार नेपालमा कुनै एउटा कार्यालय, एउटा कर्मचारी, एउटा नेता वा एउटा सरकारसँग मात्र जोडिएको सामान्य विकृति होइन । यो राज्यको अधिकार, सार्वजनिक धन, प्रशासनिक निर्णय र शासन सञ्चालनको शक्तिमाथि निजी स्वार्थ हावी हुँदै जाँदा विस्तार भएको गहिरो समस्या हो ।सेवाग्राहीको सामान्य काम गरिदिएबापत पैसा माग्नु भ्रष्टाचारको एउटा प्रत्यक्ष रूप हो, तर समस्या त्यतिमै सीमित छैन । सार्वजनिक पदमा बसेर नीति, योजना, ठेक्का, अनुमति, कर, प्राकृतिक स्रोत वा राज्यको सम्पत्तिलाई निश्चित व्यक्ति वा समूहको लाभका लागि प्र

Lokaantar logoLokaantarPrivatestory

परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले शिष्टाचार भेट गरेकी छिन् ।मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका मन्त्रालयले जनाएको छ ।भेटवार्तामा नेपाल–फ्रान्सबीच आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो ।सो अवसरमा हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान तथा बहुपक्षीय सहकार्यलगायतका क्षेत्रमा दुई देशबीच सहयोग अभिवृद्धि गर्ने विषय

Lokaantar logoLokaantarPrivatestory8 publishers

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच द्विपक्षीय समन्वय बैठक शुरू

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण तथा दुई देशका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यका साथ १० औँ द्विपक्षीय समन्वय बैठक प्रारम्भ भएको छ ।उक्त बैठकमा दुवै देशका सीमा सुरक्षा निकायलगायत प्रतिनिधिको सहभागिता रहेको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् ।बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय

Lokaantar logoLokaantarPrivatestory8 publishers

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको वाणगङ्गा नगरपालिका–४, गजेहडा बस्ने ६३ वर्षीया जलिया थारू रहेकी छिन् ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बुधबार बिहान वाणगङ्गा नगरपालिका–३, तीनकुनेमा वाणगङ्गा नगरपालिका–१ बस्ने ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले पैदलयात्री थारूलाई ठक्कर दिएको थियो ।मोटरसाइकलको ठक्करबाट घाइते भएकी थारूको उपचारका क्र

Lokaantar logoLokaantarPrivatestory7 publishers

अदालतमा उपस्थित भए एन्फा अध्यक्ष र महासचिव, बयान सकियो

फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई ललितपुर जिल्ला अदालतमा उपस्थित भएका छन् ।ललितपुर जिल्ला अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीका अनुसार दुवैजना बुधबार अदालतमा उपस्थित भएका हुन् ।खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा प्रतिवादी कायम भई फरार रहेका दुवैको बयान न्यायाधीश हरि सिंह धामीको इजलासमा सम्पन्न भएर अहिले सुनुवाइ भैरहेको कार्कीले बताए ।खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल

Lokaantar logoLokaantarPrivatestory9 publishers

पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिलो जीत निकाल्ला कि, पुरानै नियति दोहोरिएला ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा बुधबार एक खेलमात्र हुनेछ । उक्त खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ ।सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिवा–रात्री रुपमा १७:०० बजे सुरु हुनेछ ।जारी प्रतियोगितामा पोखराको यो पहिलो खेल हो । सुदूरपश्चिमले भने आफ्नो दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा सुदूरपश्चिमको टोली लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो ।सुदूरपश्चिम एनपीएलको पहिलो

Lokaantar logoLokaantarPrivatestory23 publishers

मुगुमा खानेपानी योजनाको डीपीआर निर्माणमा अनियमितता : अख्तियारद्वारा ३ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले तत्कालीन कार्यालय प्रमुख राजीव रिमाल, तत्कालीन लेखापाल रुमबहादुर सेजुवाल र परामर्शदाता संस्था एलाइड इन्जिनियरिङ्ग प्रालि नयाँ बानेश्वरका प्रबन्ध निर्देशक चन्द्रबहादुर बुढाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।कार्यालयका विभिन्न खानेपानी योजनाहरूको डीपीआर निर्माणका क्रममा फर्जी कागजात खडा गरी लाखौँ रुपैयाँ सरकारी सम्पत्त

Lokaantar logoLokaantarPrivatestory2 publishers

तल्लो तहका प्रहरीको बढुवा जाम, २०५८ मै असई २५ वर्षमा बल्ल वरिष्ठ सई !

नेपाल प्रहरीमा वर्षौंसम्म एउटै पदमा कार्यरत रहनुपर्ने बाध्यताले तल्लो तहका प्रहरी अधिकृतको वृत्ति विकास ठप्पप्राय: बनेको छ ।विशेषगरी प्रहरी जवानदेखि प्रहरी नायब निरीक्षक (सई) तथा वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) पदमा कार्यरत कर्मचारीले बढुवाको अवसर सीमित भएको र लामो समयसम्म पदोन्नतिको प्रतीक्षा गर्नुपरेको गुनासो गर्दै आएका छन् ।यसले तल्लो तहका कर्मचारीको मनोबल, अनुभवी जनशक्तिको उपयोग र संगठनको आन्तरिक व्यवस्थापनबारे बहस जन्माएको छ ।२०५८ र २०६२ सालमा प्रहरी सहायक निरीक्षक (असई) पदबाट सेवा

Lokaantar logoLokaantarPrivatestory

सुदूरपश्चिमबाट खेल्न काठमाडौं आइपुगे दुवै हातले बलिङ गर्ने श्रीलंकाली अलराउन्डर थरिन्दु रथनायके

श्रीलंकाली अलराउन्डर थरिन्दु रथनायकेले सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण खेल्न बुधबार काठमाडौं आइपुगेका छन् ।३० वर्षीय रथनायके बायाँहाते ब्याटर हुन् । उनी दायाँ हातेले अफ–स्पिन र बायाँ हातले स्पिन बलिङ गर्न सक्छन् ।दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उनी फरक शैलीका बलरका रूपमा परिचित छन् । रथनायकेले श्रीलंकाका लागि चार टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।टी–२० अन्तर्राष्ट्रियमा उनले ६ विकेट लिएका छन् भने ब्याटिङमा ७७ रन बनाएका छन् ।

Lokaantar logoLokaantarPrivatestory7 publishers

स्याङ्जामा व्यावसायिक फूलखेती फस्टाउँदै: आयात रोकेर पोखरा र बुटवल निर्यात

पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । कुनै बेला घरायसी प्रयोजनका लागि मात्रै निर्वाहमुखी फूल उत्पादन हुने गरेकामा पछिल्लो समय फूलको व्यावसायिक उत्पादन थालिएको हो । अरू अन्नबालीको तुलनामा बाँदरले क्षति नपुर्‍याउने र बजारमा सहजै खपत हुने भएकाले किसान फूलखेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लाभित्रै फूलको व्यावसायिक उत्पादन शुरू भएपछि फूल तथा माला आयात गर्ने क्रम विस्तारै रोकिँदै गएको छ ।केही वर्षअघिसम्म भारत, बुटवल तथा पोखराबाट तिहारलगायत चाडबाडक

Lokaantar logoLokaantarPrivatestory3 publishers

पाकिस्तानमा कडा सेन्सरसिप: इमरानको नाम लिन डराउँछन् मिडिया, टिभी प्रस्तोता भन्छन्- 'कासिम के अब्बा'

पाकिस्तानी प्रसिद्ध व्यङ्ग्यकार तथा नाटककार अन्वर मकसोडको एउटा भनाइ कराँची साहित्य महोत्सवमा निकै चर्चित बनेको थियो। उनले पाकिस्तानको सबैभन्दा ठूलो झूट राज्यद्वारा सञ्चालित टिभी (पीटीभी) को मौसम पूर्वानुमान भएको टिप्पणी गरे । अत्यधिक गर्मी हुँदा पनि न्युजले भने 'देशभरको मौसम रमाइलो छ' भन्ने गरेको उनले बताए । द डिप्लोमेटको रिपोर्टअनुसार व्यङ्ग्यमा पोख्त मकसोडले बेरोजगारी, महँगी, गरिबी र सामाजिक असन्तोषजस्ता देशका कठोर यथार्थहरूबाट जनताको ध्यान भगाउन राज्यले लागु गरेको कडा सेन्सरसिपला

Lokaantar logoLokaantarPrivatestory

उपरथी खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Lokaantar logoLokaantarPrivatestory6 publishers

युक्रेन युद्धबारे ट्रम्प, पुटिन र सी जिनपिङ वार्ता- चीनलाई कूटनीतिक अवसर कि ठूलो जोखिम ?

युक्रेन युद्धको भविष्यबारे छलफल गर्न अमेरिका, रुस र चीनका सर्वोच्च नेताहरूबीच आगामी महिना शेन्जेनमा हुने भनिएको एपेक शिखर सम्मेलनको साइडलाइन बैठकले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ हलचल ल्याएको छ। सन् १९४५ मा भएको ऐतिहासिक 'याल्टा सम्मेलन' को झल्को दिने गरी हुने त्रिपक्षीय बैठकलाई रुसी टिप्पणीकारहरूले 'नयाँ याल्टा' को संज्ञा दिएका हुन् । यद्यपि, वासिङ्टन र बेइजिङले यसबारे आधिकारिक पुष्टि गरेका छैनन्, तर युक्रेनको भविष्य तय गर्ने सम्भावित वार्तामा चीनको सहभागितालाई कूटनीतिक रूप

Lokaantar logoLokaantarPrivatestory

निःशुल्क उपचारलाई सहज बनाउन स्वास्थ्य पोर्टल सञ्चालनमा

अस्पतालमा उपलब्ध निःशुल्क उपचार सेवालाई सहज, पहुँचयोग्य र पारदर्शी बनाउने उद्देश्यले निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याइएको छ।आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सुनिश्चितताका लागि उक्त पोर्टल सञ्चालनमा ल्याइएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । संविधानअनुसार कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गर्न पाइँदैन भने प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ।त्यसैगरी, नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०

Lokaantar logoLokaantarPrivatestory

तारको जञ्जालबाट मुक्त हुँदै पोखरा !

पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका अव्यवस्थित र जीर्ण पोल । एकातिर दुर्घटनाको जोखिम, अर्कातिर सहरी सौन्दर्यमा आँच । केही समयअघिसम्म पोखराको मुख्य राजमार्ग र छेउछाउका बस्तीमा आँखा बिझाउने दृश्य थिए यी । तर अहिले पोखराका केही ठाउँको अवस्था फेरिएको छ ।अस्तव्यस्त बिजुलीका पोल र तार हटाइएपछि सडक खुला देखिएको छ । शहरको सौन्दर्य पनि फर्केको छ । लत्रेका र गुजुमुज्ज तारको चेपबाट हिमाल चिहाउनुपर्ने बाध्यता हटेको छ । बिजुलीको तारसँगै टेलिफोन, केबल र इन्टरनेटका तारको व्यवस्थापन पनि सँगै

Lokaantar logoLokaantarPrivatestory6 publishers

पार्टी एकता तत्काल सम्भव नदेखिएपछि चुनावी तालमेलको रणनीतिमा ओली-प्रचण्ड !

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच सहकार्य कि फेरि पनि पार्टी एकता भन्ने बहस शुरू भएको छ । तर, दुवै दलका नेताहरूको अभिव्यक्तिले तत्काल पार्टी एकताको सम्भावना नरहेको र चुनावी सहकार्यको ढोका भने खुला रहेको संकेत गर्छ ।राष्ट्रिय मुद्दा र प्रदेशको सत्ता समीकरणमा सहकार्य गर्न तयार देखिएका दुई दल विगतको एकताको अनुभव र वैचारिक भिन्नताका कारण पार्टी एकतासम्म पुग्ने विषयमा भने अनिच्छुक देखिएका छन् ।नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो अभि

Lokaantar logoLokaantarPrivatestory

दशैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

बडादशैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप बढेको छ । दशैँ मनाउन स्थायी घर गएका नागरिकले त्यही मौकामा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रलगायत सेवा लिन जिल्ला प्रशासन कार्यालय पुगेका कारण त्यहाँ सेवाग्राहीको भीड लागेको हो ।सेवाग्राहीको चाप बढेपछि उक्त कार्यालयले जिल्ला निर्वाचन कार्यालयबाट थप कर्मचारी झिकाएर सेवा प्रवाह गरिरहेको प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयका अनुसार मङ्गलबार मात्रै १७० जनाले नागर

Lokaantar logoLokaantarPrivatestory3 publishers

इरान युद्धमा अमेरिकाको ४७ अर्ब डलर स्वाहा : ट्रम्प भन्छन्- मैले चाहेको बेला अन्त्य हुन्छ

अमेरिकाले इरानविरुद्धको युद्ध सञ्चालन गर्न हालसम्म ४७ अर्ब डलरभन्दा बढी खर्च गरिसकेको समाचार संस्था रोयटर्स जनाएको छ, जुन गत जुलाईमा रक्षा मन्त्रालयले अनुमान गरेको रकमभन्दा २५ प्रतिशतभन्दा बढी हो। नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अलोकप्रिय बन्दै गएको द्वन्द्वको राजनीतिक असरसँग नेताहरू जुधिरहेका बेला युद्धको यो बढ्दो लागत सार्वजनिक भएको हो । युद्धले निम्त्याएको वैश्विक ऊर्जा लागत वृद्धिका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता घटेर ३२ प्रतिशतमा झरेको छ। संसद्को दुवै

Lokaantar logoLokaantarPrivatestory3 publishers

लुम्बिनी विश्वविद्यालयको निर्णय- इन्जिनियरिङ पढेका विद्यार्थीलाई बौद्ध अध्ययनको सर्टिफिकेट !

लुम्बिनी बौद्ध विश्वविद्यालयले विद्यार्थीको भविष्यमाथि गम्भीर खेलबाड गरेको पाइएको छ । विश्वविद्यालयले इन्जिनियरिङ, व्यवस्थापन, पर्यटनलगायत स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमलाई प्रायोगिक बौद्ध अध्ययन संकायमा राख्ने निर्णय गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको हो ।स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमलाई प्रायोगिक बौद्ध अध्ययन संकायमा राख्ने निर्णयपछि उनीहरूले प्राप्त गर्ने प्रमाणपत्र (टान्सस्क्रिप्ट)को मान्यतामा विद्यार्थीले प्रश्न उठाएका हुन् । विगतमा डेभलपमेन्ट स्टडी एण्ड एप्लाइड साइन्सअन्तर्

Lokaantar logoLokaantarPrivatestory3 publishers

सिक्किमकी १४ वर्षीया प्रिस्कालाई ‘जुनियर द पोएट आइडल’ को उपाधि

कविता रियालिटी शो ‘द पोएट आइडल’को बाल संस्करण ‘जुनियर द पोएट आइडल’को उपाधि भारतको सिक्किमस्थित गान्तोककी १४ वर्षीया प्रिस्का अधिकारीले जितेकी छन् ।आफ्ना गहन भावना, व्यक्तिगत अनुभव र मौलिक सोचलाई उत्कृष्ट कवितामार्फत प्रस्तुत गर्दै प्रिस्काले उपाधि चुम्न सफल भएकी हुन्।प्रतिस्पर्धाभरि कविताप्रतिको समर्पण, निरन्तरको मेहनत र सशक्त मञ्च प्रस्तुतिले उनलाई निर्णायक तथा दर्शक दुवैको मन जित्न मद्दत गरेको आयोजकले जनाएको छ । अन्तिम प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पा

Lokaantar logoLokaantarPrivatestory2 publishers

शक्तिशाली चक्रवात 'अर्नब' आन्ध्र प्रदेशको तटमा ठोक्कियो : धेरै ठाउँमा भारी वर्षा, रेल र उडान ठप्प

बंगालको खाडीमा विकसित भएको शक्तिशाली 'अर्नब' चक्रवाती आन्ध्र प्रदेशको तटसँग ठोक्किएको छ। भारतीय मौसम विभाग (आईएमडी) का अनुसार यो एक 'अत्यन्त भीषण' चक्रवाती तुफान हो, जुन यानमको दक्षिणमा बापटला र विशाखापट्टनमको बीचमा जमिनमा प्रवेश गरेको हो । भारतीय सञ्चार माध्यमहरूका अनुसार तुफानले तट पार गर्ने क्रममा १२५ देखि १३५ किलोमिटर प्रतिघन्टाको भयानक गतिमा हावा चलेको थियो। शक्तिशाली तुफानका कारण जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। आन्ध्र प्रदेश र ओडिसामा ठूलो धनजनको क्षति टार्न हजा

Lokaantar logoLokaantarPrivatestory14 publishers

जसपा सांसद काफ्लेले गरिन् लुम्बिनीका सभामुखसहित ५ जनाविरुद्ध कीर्ते मुद्दा दायर

आफूलाई पदमुक्त गर्न प्रयोग गरिएका विवादित पत्र र कागजातमा कीर्ते तथा जालसाजी गरिएको दाबी गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले सभामुखसहित पाँच जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेकी छन् । सांसद काफ्लेले जिल्ला अदालत दाङमा मंगलबार दायर गरेको फिराद पत्रमा सभामुख तुलाराम घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगर, प्रदेशसभा सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका प्रदेशसभा सदस्य भनिएका सन्तोष पाण्डेय र पार्टीको लेटरहेड प्रयोग गरी विवादित पत

Lokaantar logoLokaantarPrivatestory10 publishers

माइक्रोसफ्टका करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाशको अफर

कृत्रिम बौद्धिकता (आआई) मा भइरहेको विशाल लगानी धान्न र खर्च नियन्त्रण गर्ने उद्देश्यले प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले आफ्ना करिब ६० हजार कर्मचारीहरूलाई स्वेच्छाले जागिर छाड्ने अफर घोषणा गरेको छ। यो संख्या कम्पनीको कुल कार्यबलको एक चौथाइभन्दा बढी हो। रोयटर्सका अनुसार विन्डोज निर्माता कम्पनीका विभिन्न विभागमा कार्यरत कर्मचारीहरू यसका लागि योग्य हुनेछन्। यसमा एआई अनुभव, कोपाइलट, फाइनान्स, ह्युमन रिसर्सेस, एक्सबक्स र विन्डोज प्लस डिभाइसजस्ता टिमका कर्मचारीहरू समेटिएका छन्। हालांक

Lokaantar logoLokaantarPrivatestory5 publishers