Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 13 min ago

मधेश सरकारबाट एमालेले समर्थन फिर्ता, चार मन्त्रीले राजीनामा

नेकपा एमालेले नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमालेबाट सरकारमा सहभागी चार मन्त्री शारदादेवी थापा, लखनदास, मोहम्मद समिर र मनोजकुमार सिंहले शुक्रबार राजीनामा दिएका छन्। एमाले प्रमुख सचेतक हरिनारायण महतोले समर्थन फिर्ता लिएको जानकारी दिएसँगै यादव नेतृत्वको सरकार संकटमा परेको छ।

5 publishers · 5 headlines · 5 in 24h · developing over 1 hour
Broke firstNepal Press logoNepal Press

मधेश सरकारबाट एमालेको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा

जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिँदै एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदा देवी थापा, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर, शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्मा छन् । एमाले […]

Coverage

4 more headlines since

first · 2h agolatest · 22 min ago
  1. मधेस सरकारबाट बाहिरियो एमाले

    काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार मधेस प्रदेशमा संलग्न एमालेका मन्त्रीहरूले सामूहिक रुपमा राजीनामा बुझाएका हुन् । उनीहरूले प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई राजीनामा बुझाएका हुन् । मधेस प्रदेशमा नेपाली कांग्रेस नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको सरकार थियो । अहिले कांग्रेसबाट मुख्यमन्त्री रहेका मधेसमा अल्पमतमा परेको देखिन्छ । केन्द्रमा कांग्रेस एमाले […]

    Khabarhub logoKhabarhubPrivate5 publishers
  2. मधेस सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीले दिए राजीनामा

    वीरगन्ज । मधेस सरकारबाट एमाले बाहिरिएको छ । एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले आज मधेस प्रदेश प्रमुखलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी गराएका छन्। सरकार गठन गर्दा सत्तारुढ दलबिच भएको १५ बुँदे

    Ratopati logoRatopatiPrivatestory5 publishers
  3. मधेश सरकारबाट एमालेले लियो समर्थन फिर्ता

    काठमाडौँ- मधेश प्रदेश सरकारबाट नेकपा एमालेले समर्थन फिर्ता लिएको छ। सरकारमा सहभागी चार मन्त्रीहरूले राजीनामा दिँदै नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकारबाट एमालेले समर्थन फिर्ता लिएको हो। नेकपा एमालेका प्रमुख सचेतक हरिनारायण महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए। एमालेले समर्थन फिर्ता लिएसँगै यादव नेतृत्वको सरकार संकटमा परेको छ।

  4. मधेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरुले बुझाए राजीनामा

    मधेश सरकारबाट एमालेका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याण मन्त्री लखनदास, भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले राजीनामा दिएका हुन्।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.