Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 22h ago

चौदण्डीगढी नगरपालिकाद्वारा वैदेशिक रोजगारीमा ज्यान गुमाएका २९ परिवारलाई दशैं सहयोग

उदयपुरको चौदण्डीगढी नगरपालिकाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २९ परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका आश्रित परिवारलाई सेवा तथा सुविधा उपलब्ध गराउने सम्बन्धी कार्यविधि–२०८३ अनुसार प्रतिपरिवार पाँच हजार रुपैयाँका दरले जम्मा एक लाख ४५ हजार रुपैयाँ मंगलबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा वितरण गरिएको हो। यो सहयोग दशैं पर्वलाई लक्षित गरी प्रदान गरिएको हो।

TopicsUdayapur
2 publishers · 2 headlines · developing over 1d 23h
Broke firstPradesh Khabar logoPradesh Khabar

वैदेशिक रोजगारीमा ज्यान गुमाएका २९ परिवारलाई चौदण्डीगढीको सहयोग

उदयपुर : वैदेशिक रोजगारीका क्रममा परिवारका सदस्य गुमाएका नागरिकलाई चाडपर्वमा राहत प्रदान गर्ने उद्देश्यले उदयपुरको चौदण्डीगढी नगरपालिकाले २९ आश्रित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ। नगरपालिकाले मंगलबार सभाहलमा कार्यक्रम आयोजना गरी प्रतिपरिवार पाँच हजार रुपैयाँका दरले

archives2 publishers
Coverage

1 more headline since

  1. विदेशमा ज्यान गुमाएका परिवारका सदस्यलाई पालिकाको दशैं खर्च

    उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरपालिकाभित्रका विदेशमा गएर रोजगारी गर्ने क्रममा ज्यान गुमाएका परिवारका सदस्यहरुकोलागि दशै खर्च उपलब्ध गराएको छ । नगरपालिकाले चौदण्डीगढी नगरपालिकाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका आश्रित परिवारलाई सेवा तथा सुविधा उपलब्ध गराउने सम्बन्धी कार्यविधि–२०८३’ बनाएर विदेशमा ज्यान गुमाएका २९ जनाको परिवारलाई जम्मा १ लाख ४५ हजार रुपैया मंगलबार वितरण गरिएको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.