भोटेकोशी बाढीपीडितलाई नाइमाको ५० लाख सहयोग
रसुवा भोटेकोशी बाढीबाट प्रभावितहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले ५० लाख रुपैयाँ सहयोग गरेको छ। नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार उक्त रकम सहयोग गरेको हो ।उक्त सहयोग नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, साइमेक्स इंक (बीवाईडी) क



