राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा निलध्वज थापा निर्विरोध निर्वाचित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सिन्धुपाल्चोक जिल्लाको अध्यक्षमा निलध्वज थापा निर्विरोध निर्वाचित भएका छन् ।आइतबार भएको अधिवेशनबाट थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।जिल्ला सदरमुकाम चौतारामा भएको अधिवेशनको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आज अपरान्ह उद्घाटन गरेका थिए ।
