Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

भोटेकोशी बाढीपहिरो पीडितको उद्धार र राहतमा नेपाली कांग्रेसले पार्टी पंक्ति परिचालन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। बैठकले भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि पार्टी पंक्तिलाई थप सशक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ। प्रवक्ता देवराज चालिसेका अनुसार बैठकमा आगामी १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो।

3 publishers · 3 headlines · developing over 1d 1h
Broke firstPradesh Khabar logoPradesh Khabar

भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काङ्ग्रेस थप सक्रिय हुने

काठमाडौं : नेपाली काङ्ग्रेसले भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणका कामलाई थप प्रभावकारी बनाउन पार्टी पङ्क्तिलाई परिचालन गर्ने निर्णय गरेको छ। काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विपद् प्रभावित क्षेत्रमा

archives3 publishers
Coverage

2 more headlines since

first · 5d agolatest · 4d ago
  1. कांग्रेस बैठकका ४ निर्णय सार्वजनिक

    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भोटेकोशी–त्रिशूली बाढीपछिको उद्धार, राहत तथा पुनर्स्थापनादेखि लोक कल्याणकारी विज्ञापनसम्मका चार विषयमा निर्णय गरेको छ ।सभापति गगनकुमार थापाको सभापतित्वमा सोमबार सम्पन्न बैठकले भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन स्पष्ट कमाण्ड प्रणालीसहित विशेषज्ञ उद्धार योजना बनाउन सरकारसँग आग्रह गरेको छ ।बैठकले प्रभावित क्षेत्रमा सडक, राहत तथा अत्यावश्यक आपूर्ति सहज बनाउन आपत्कालीन सडक पुनःस्थापना कार्यद

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. कांग्रेस बैठक : क्रियाशील अद्यावधिक नगरेकाहरू पनि महाधिवेशनमा सहभागी हुन पाउने

    काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भोटेकोशी बाढीपहिरोपछिको उद्धार, राहत तथा पुनर्निर्माणमा पार्टी पंक्तिलाई थप सशक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको बैठक विपद् व्यवस्थापन, आसन्न १५औँ महाधिवेशन र राष्ट्रिय राजनीतिका समसामयिक विषयहरूमा केन्द्रित रहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने गरी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.