पृथ्वी राजमार्गको परेवाभिर सडकखण्ड मर्मत गर्न १२ घण्टा सवारी आवागमन बन्द
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्ड मर्मत गर्न आज (शनिबार) १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार शनिबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सडकखण्डमा एम्बुलेन्स र शववाहनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।भदौ १० भोटेकोशीसहित त्रिशुली नदीमा आएको बाढीका कारण परेवाभिरस्थित पृथ्वी राजमार्गमा क्षति पुगेको थियो । हाल उक्त सडकखण्डबाट एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुँदै आएका थिए । क्षतिग्रस्


