Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा नेपाली र भारतीय सेनाद्वारा उद्धार कार्य जारी

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाका २१ जना सुरक्षाकर्मी परिचालन भएका छन्। २५० मिटर लामो सुरुङमध्ये हालसम्म १०० मिटर भागबाट भग्नावशेष र माटो हटाइएको छ। भौगोलिक जटिलता र सडक सञ्जाल विच्छेद भएका कारण मेसिन पुर्‍याउन कठिन भएपछि अहिले म्यानुअल रूपमा उत्खनन भइरहेको कानुन मन्त्री सोविता गौतम र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

चिलिमे जलविद्युत्‌मा उद्धार प्रयास : २५० मिटर सुरुङमध्ये १०० मिटर सफा गरियो

हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै प्रवेश गरी म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काममा खटिएका छन् ।

Coverage

2 more headlines since

first · 6d agolatest · 6d ago
  1. चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, भारतीय सेनासहित २१ जना खटिए

    काठमाडौं । चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास निरन्तर जारी छ। हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने कार्यमा खटिएका छन्। भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण घटनास्थलसम्म पुर्‍याउन चुनौतीपूर्ण भएकाले उर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको […]

  2. चिलिमे सुरुङमा उद्धारका लागि नेपाली र भारतीय सेनाका १३ जना परिचालन, १०० मिटर भाग सफा

    चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाका १३ जना सुरक्षाकर्मी परिचालन भएका छन् । उनीहरूले सुरुङभित्रको भारी माटो तथा भारी भग्गानवशेष म्यानुअल रूपमा हटाउने काम गरिरहेका छन् ।कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमका अनुसार करिब २५० मिटर लामो सुरुङमध्ये हालसम्म १०० मिटर भाग सफा गरिएको छ । सुरुङभित्रको अवस्था र भौगोलिक जटिलताका कारण अहिले म्यानुअल उत्खननमार्फत उद्धार प्रयास भइरहेको छ ।थप भग्नावशेष हटाउन एक्स्काभेटर प्रयोग गर्नुपर्ने भएकाले स्

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.