Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4 Septlast: 4 Sept

विपद् व्यवस्थापनमा आफ्नो कार्यशैलीबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

विपद् व्यवस्थापनका क्रममा मन्त्रालयमा नबसी फिल्डमा खटिएको भन्दै भइरहेको आलोचनाको गृहमन्त्री सुधन गुरुङले जवाफ दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कुर्सीमा बसेर कागजात समात्ने पुरानो शैलीको नेतृत्व खोज्नु 'जेनेरेसन ग्याप' भएको टिप्पणी गरे। उनले वर्षौँदेखि फिल्डको वास्तविकता नबुझी कुर्चीबाट मात्रै नेतृत्व गर्दाको परिणाम अहिले भोग्नुपरेको बताउँदै आफ्नो कार्यशैलीको बचाउ गरेका छन्।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstNepal Press logoNepal Press

स्टन्ट गरेको आरोपमाथि सुधनको प्रष्टीकरण- कुर्सीमा बसेर मात्र हुँदैन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले केही व्यक्तिहरूले पुरानै कार्यशैली अपनाउन दबाब दिएको देख्ददा अचम्म लागेको बताएका छन् । विपद्को समयमा गृहमन्त्रीले नीतिगत कामको सट्टा ‘स्टन्ट’ देखाएको भनी आलोचना भइरहेका बेला गुरुङले नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग मात्र जोडेर हेर्नु ‘पुरानो युगको सोच’ (Generation Gap) भएको टिप्पणी गरेका छन् । बाढीपश्चात उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा […]

Coverage

3 more headlines since

first · 4 Septlatest · 4 Sept
  1. गृहमन्त्री भन्छन्– पुरानै शैली अपनाउन दबाब दिएको देख्दा अचम्म लाग्छ

    काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनप्रति भइरहेको आलोचनाको जवाफ दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमा मन्त्री गुरुङले वर्षौँदेखि हामीले वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम भोग्दै आएको पनि बताएका

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

    काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न दबाब दिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री गुरुङले वर्षौँदेखि फिल्डको वास्तविकता नबुझी कुर्चीबाट मात्रै नेतृत्व गर्दाको परिणाम अहिले भोगेको बताएका हुन् । ‘वर्षौँदेखि हामीले फिल्डको वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम भोग्दै आएका छौँ। उही पुरानै प्रणालीबाट भिन्न र […]

  3. म कहाँ छु नखोज्नुस्, परिणाम हेर्नुस् : गृहमन्त्री गुरुङ

    १९ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भइरहेको आलोचनाको जवाफ दिएका छन्। गृहमन्त्री गुरुङले ‘कुर्सीमा बसेर कागजात समात्ने’ पुरानै शैलीको नेतृत्व खोज्नेहरूलाई ‘गलत युग’ मा रहेको र यो जेनेरेसन ग्याप रहेको टिप्पणी गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले विषयगत मन्त्रालयका उच्चपदस्थ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.