Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2 Septlast: 2 Sept

चिलिमे जलविद्युत् आयोजनामा बेपत्ता भएकाका परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भेटे

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा सम्पर्कविहीन रहेका राष्ट्रसेवकका परिवारजनसँग भेटघाट गर्नुभएको छ। भेटका क्रममा मन्त्री श्रेष्ठले दुःखको यस घडीमा सरकार पीडित परिवारको साथमा रहेको र अन्तिम सम्भावनासम्म खोजी कार्य जारी राख्ने आश्वासन दिनुभयो। एक सातादेखि बेपत्ता रहेका आफ्ना आफन्तको अवस्थाबारे जानकारी नपाउँदा परिवारमा परेको पीडाप्रति सहानुभूति प्रकट गर्दै उहाँले अझै आशा मार्ने बेला नभएको बताउनुभयो।

3 publishers · 4 headlines · developing over 1 hour
Broke firstNepal Press logoNepal Press

चिलिमेमा हराएकाहरूको परिवारलाई भेटेर उर्जामन्त्रीले भने- अन्तिम सम्भावनासम्म प्रयास गर्छाैं

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा सम्पर्कविहीन रहेका राष्ट्रसेवकका परिवारजनलाई भेटेका छन् । उनले दुःखको यस घडीमा सरकार पीडितहरूको साथमा रहेको बताए ।

Coverage

3 more headlines since

first · 2 Septlatest · 2 Sept
  1. बेपत्ताका परिवारलाई ऊर्जामन्त्रीको ढाडस- अझै आशा मार्ने बेला भएको छैन, धैर्य नगुमाउनुस्

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनाका सम्पर्कविहीन कर्मचारीका परिवारलाई भेटेर खोजी तथा उद्धारमा सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  2. चिलिमेमा बेपत्ता राष्ट्रसेवकका परिवारलाई मन्त्री श्रेष्ठले भने– ‘अन्तिम सम्भावनासम्म खोजी गर्छौँ’

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा सम्पर्कविहीन रहेका राष्ट्रसेवकका परिवारजनलाई भेट गरी दुःखको यस घडीमा सरकार उहाँहरूको साथमा रहेको बताउनुभएको छ । परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले एक सातासमम आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्दमा व्यक्त गर्न नसकिने बताउनुभयो । सम्पर्कविहीन नागरिक तथा […]

  3. हाइड्रोमा हराएकाहरूको परिवारसँग ऊर्जामन्त्रीले भनेः अझै आशा मार्ने बेला भएको छैन

    श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा सम्पर्कविहीन रहेकाहरुको परिवारजनलाई भेट गरी दुःखको यस घडीमा सरकार उनीहरूको साथमा रहेको बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.