Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2 Septlast: 4 Sept

इरानमा विवाह समारोह भइरहेको घरमा अमेरिकी आक्रमण, पाँच जनाको मृत्यु

इरानको दक्षिणी क्षेत्रमा विवाह समारोह भइरहेको एक घरमा अमेरिकी हवाई आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। होर्मोजगान प्रान्तको सिरिक काउन्टीस्थित कुहस्तक क्षेत्रमा मंगलबार राति सो आक्रमण भएको इरानी अधिकारीहरूले बताएका छन्। इरानी रिभोलुसनरी गार्डका अनुसार आक्रमणमा आफ्ना सदस्यहरू पनि मारिएका छन् र खर्मनशाह प्रान्तमा समेत क्षति पुगेको छ। यस घटनापछि इरानले पनि जवाफी कारबाही सुरु गरेको दाबी गरिएको छ।

5 publishers · 5 headlines · developing over 2d 6h
Broke firstRatopati logoRatopati

बिहे घरमा अमेरिकाले हान्यो मिसाइल, ५ जनाको मृत्यु

तेहरान । इरानले विवाह समारोह भइरहेको एक घरमा अमेरिकाले आक्रमण गरेको आरोप लगाएको छ । इरानको दक्षिणी क्षेत्रमा भइरहेको विवाह समारोहमा अमेरिकाले आक्रमण गरेको हो । इरानी अधिकारीहरूका अनुसार सिरिक काउन्टीको कुहेस्ताक सहरमा भएको उक्त

story5 publishers
Coverage

4 more headlines since

first · 2 Septlatest · 4 Sept
  1. इरानको विवाह समारोहमा भएको विष्फोटबारे अमेरिकी सेनाले छानबिन गर्ने

    १९ भदौ, काठमाडौं । इरानमा मङ्गलबार भएको सैन्य आक्रमणका क्रममा एक विवाह समारोहमा नागरिक हताहत भएको घटनाबारे अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले समीक्षा सुरु गरेको छ। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका छन्। उक्त घटना अमेरिकी आक्रमणकै कारण भएको पुष्टि भइनसके पनि यो छ महिनाअघि युद्ध सुरु भएयताकै ठूलो नागरिक हताहतीको घटनामध्ये एक हो। युद्धको […]

  2. इरानको विवाह समारोहमा भएको बमबारी प्रत्यक्ष अमेरिकी प्रहार हुनसक्ने!

    चार जनाको मृत्यु र कम्तीमा ६८ जना घाइते हुने गरी दक्षिण इरानको एउटा विवाह समारोहमा मंगलबार भएको बमबारी अन्य कुनै लक्ष्यबाट उछिट्टिएर नभई प्रत्यक्ष अमेरिकी प्रहारबाट भएको देखिएको छ।

    Setopati logoSetopatiPrivatesocial5 publishers
  3. विवाह समारोहमा अमेरिकी आक्रमणको आरोप, इरानमा पाँच जनाको मृत्यु

    काठमाडौं । इरानको दक्षिणी क्षेत्रमा विवाह समारोह भइरहेको घरमा अमेरिकी आक्रमण भएको इरानी अधिकारीहरूले आरोप लगाएका छन् । आक्रमणमा पाँच जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताइएको छ । घटना इरानको होर्मोजगान प्रान्तस्थित सिरिक काउन्टीको कुहस्तक क्षेत्रमा भएको हो । मंगलबार राति भएको अमेरिकी हवाई आक्रमणका क्रममा विवाह समारोह भइरहेको आवासीय घरमा क्षेप्यास्त्र वा […]

  4. अमेरिकाले इरानमा आक्रमण गर्दा विवाह कार्यक्रममा सहभागी ५ जनाको मृत्यु

    अमेरिकाले इरानमा फेरि आक्रमण सुरु गरेको छ। अमेरिकाले गरेको आक्रमणमा खर्मनशाह प्रान्तमा धेरैजना मारिएको अलजजिराले उल्लेख गरेको छ। दक्षिणी सिरिक शहरमा वैवाहिक कार्यक्रममा समेत आक्रमण हुँदा ५ जनाको मृत्यु भएको इरानी रिभोलुसनरी गार्डले जनाएको छ। अमेरिकी आक्रमणमा रिभोलुसनरी गार्डका सदस्यहरु पनि मारिएको बताइएको छ। अमेरिकाले आक्रमण गरेपछि इरानले पनि जवाफी आक्रमण सुरु गरेको छ। इरानले […] The post अमेरिकाले इरानमा आक्रमण गर्दा विवाह कार्यक्रममा सहभागी ५ जनाको मृत्यु appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.