'सरकार आकाश र सामाजिक सञ्जालमा मात्र देखियो, जनताले अनुभूति गर्नेगरी कुनै काम भएन'
रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको क्षेत्रमा खटिएका उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले संघीय सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । बाढी प्रभावित क्षेत्रबाटै सामाजिक सञ्जालमार्फत आफ्नो पीडा र यथार्थता सार्वजनिक गर्दै अध्यक्ष अर्यालले संकटको यो घडीमा जनताले सरकारको उपस्थितिको कुनै अनुभूति गर्न नपाएको गुनासो गरेका हुन् ।'मरणासन्न अवस्थाका घाइतेहरूको उद्धारका लागि प्रधानमन्त्री कार्यालयदेखि सबै निकायहरूमा समन्वय गरेर हेलिकप्टरको प्रतिक्षा गर्दा

