बाढीले धादिङमा पनि पक्की पुल बगायो
रसुवातर्फबाट त्रिशुली नदीमा आएको भीषण बाढीले धादिङमा पनि पक्की पुल बगाएको छ ।धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ फोस्रेटार र नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ केउरेनी जोड्ने पक्की पुल बाढीले बगाएको हो ।बाढीले नजिकैका झोलुङ्गे पुलहरूमा पनि क्षति पुर्याएको छ ।बाढी अहिले गल्छी पार गरेर गजुरी तथा मलेखु क्षेत्रमा पुगेको छ ।

_2M3Zzd6r87.webp)
