
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय, घर चर्किएको विषयमा अध्ययनपछि क्षतिपूर्ति प्रक्रिया अघि बढाइने
काठमाडौं। नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको दीर्घकालीन सञ्चालन, मर्मतसम्भार तथा स्थानीय सरोकारका विषयमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र प्रभावित क्षेत्रका स्थानीय प्रतिनिधिबीच विस्तृत छलफल भएको छ। आज सोमबार पूर्वाधार विकास मन्त्रालयमा आयोजित छलफलमा नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट चन्द्रागिरी नगरपालिका–१ र २ का प्रभावित बासिन्दाका लागि निर्माण गरिएको खानेपानी आयोजनाको दिगो सञ्चालन सुनिश्चित […]

