Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 1h ago

लहानमा लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीद्वारा गोली प्रहार, ६ जना नियन्त्रणमा

सिरहाको लहान नगरपालिका-३ स्थित हस्पिटल चोकमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा बिहीबार प्रहरीले गोली चलाएको छ। काठमाडौंको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले चलाएको गोली लागेर एक नेपाली र एक भारतीय नागरिक घाइते भएका छन्। प्रहरीले घटनास्थलबाट ६ जनालाई नियन्त्रणमा लिनुका साथै लागूऔषध समेत बरामद गरेको छ। ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहराका अनुसार गोप्य सूचनाका आधारमा यो कारबाही गरिएको हो।

4 publishers · 5 headlines · 1 in 24h · developing over 4d 23h
Broke firstRatopati logoRatopati

सिरहामा गोली चल्यो, दुई जना घाइते

सिरहा ।सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा नम्बर ३ स्थित हस्पिटल चोकमा ब्यूरोको टोलीले उनीहरूलाई नियन्त्रणमा दिने क्रममा गोली चलाएको हो। प्रहरीको गोली लागेर

story5 publishers
Coverage

4 more headlines since

first · 5d agolatest · 1h ago
  1. मोहम्मद नसिर : हिजो गोइत समूहका कार्यकर्ता, आज लागुऔषध तस्कर

    काठमाडौँ । सिरहाको लहान नगरपालिका वडा नम्बर–३ स्थित हस्पिटल चोकमा प्रहरीले गोली चलाएर साउन ७ गते ६ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको थियो । लागुऔषध नियन्त्रण ब्यूरोले प्रहार गरेको गोली लागेर बिहार घर भएका २२ वर्षीय

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. सिरहामा गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति जेनजी आन्दोलनमा फरार कैदी

    १० साउन, सप्तरी । सिरहाको लहानस्थित हस्पिटल चोकमा बिहीबार दिउँसो गोली चलाएर लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले ५ नेपाली र १ भारतीयलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका व्यक्तिमध्ये सप्तरीका दुई जनाविरुद्ध गम्भीर आपराधिक मुद्दा रहेको खुलेको छ । पक्राउ परेकामध्ये एकजना कारागारबाट फरार कैदी रहेका छन् भने अर्काविरुद्ध ज्यान मार्ने उद्योगका दुई मुद्दा दर्ता […]

  3. लहानमा लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई घाइते

    लहान (सिरहा)। सिरहाको लहान नगरपालिका–३ स्थित हस्पिटल चोकमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको छ। बिहीबार भएको उक्त अपरेसनमा ६ जनालाई नियन्त्रणमा लिइएको छ भने गोली लागेर दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार काठमाडौँको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा लागूऔषध कारोबारमा संलग्न […]

  4. सिरहामा लागूऔषध कारोबारी समात्न प्रहरीले गोली चलायो

    सिरहाको लहानमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । काठमाडौंस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लहानमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा भागेपछि गोली चलाएको हो । ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहराका अनुसार एक नेपाली र एक भारतीय नागरिकलाई खुट्टामा गोली लागेको छ । प्रहरीले लागूऔषधसहित ६ जनालाई पक्राउ समेत गरेको छ । एसएसपी बोहराका अनुसार लहान नगरपालिका वडा नम्बर ३ स्थित हस्पिटल चोकमा लागूऔषध कारोबार भइरहेका सूचना पाएप

    Lokaantar logoLokaantarPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.