धनगढीमा २७ लाख ७२ हजारको प्रतिबन्धित प्लास्टिकजन्य सामग्री बरामद
५ साउन, धनगढी । धनगढीमा २७ लाख बढिका प्रतिबन्धित प्लास्टिकजन्य सामग्री बरामद गरिएको छ । उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले धनगढी उपमहानगरपालिका–४ मा गणेश ओझाले सञ्चालन गरेको कौशल ट्रेडर्स एण्ड सप्लायर्सको गोदाममा खानतलासी गरेर ती […]
