Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 19 Jullast: 6d ago

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति रास्वपा जापानको आपत्ति र शाहीको स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले विदेशमा रहेका नेपालीहरूका बारेमा दिएको विवादास्पद अभिव्यक्तिको स्पष्टीकरण दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको जापानस्थित प्रवास नेपाली सम्पर्क विभागले शाहीको सामाजिक सञ्जालको टिप्पणीप्रति गम्भीर आपत्ति जनाएपछि यो विवाद सतहमा आएको हो। शाहीले आफ्ना भनाइहरूलाई गलत अर्थ लगाइएको र सबै प्रवासी नेपालीहरूलाई लक्षित नगरेको दाबी गरेका छन्।

6 publishers · 9 headlines · developing over 3d 3h
Broke firstNagarik News logoNagarik News

विवादित भिडियोबारे शाहीको स्पष्टीकरण : मैले विदेशमा रहेका सबै नेपालीलाई कुरा बुझ्दैनन् भनेको होइन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विदेशमा रहेका नेपालीप्रति लक्षित गरी दिएको भनिएको अभिव्यक्तिको विषयमा स्पष्टीकरण दिएका छन्।...

politics9 publishers
Coverage

8 more headlines since

  1. चरित्रहत्या गरेर मलाई प्रश्न सोध्नबाट रोक्न सकिँदैन: ज्ञानेन्द्र शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा असम्बन्धित अश्लील भिडियो आफ्नो भन्दै प्रचार गरिएको आरोप लगाएका छन् । उनले यस्तो गतिविधि आफ्नो चरित्रहत्या गर्ने नियतले गरिएको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत् शाहीले हुँदै नभएको र असम्बन्धित अश्लील भिडियो आफूसँग जोडेर प्रचार गर्नेहरूले त्यसको परिणाम’bout एकपटक आफ्नै […] The post चरित्रहत्या गरेर मलाई प्रश्न सोध्नबाट रोक्न सकिँदैन: ज्ञानेन्द्र शाही appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. ज्ञानेन्द्र शाहीको आक्रोशपूर्ण अभिव्यक्तिबारे मिराज ढुंगाना- मान्छे हो, भावना विस्फोट हुन्छ

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा रास्वपा समर्थकहरूप्रति दिएको आक्रोशित अभिव्यक्तिको जेनजी अभियन्ता मिराज ढुंगानाले बचाउ गरेका छन् । लोकतन्त्र, वाक् स्वतन्त्रता र पदीय मर्यादाका विषयमा चर्चा गर्दै उनले शाहीको प्रतिक्रियालाई स्वाभाविक मानेका हुन् । सार्वजनिक पदमा बसेका व्यक्तिले जनताको जायज आलोचनालाई सुधारोन्मुख तरिकाले लिनुपर्ने भए पनि […]

  3. सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति प्रवास नेपालीको आपत्ति, सार्वजनिक क्षमायाचनाको माग

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, जापानले सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। विभागले आइतबार जारी गरेको विज्ञप्तिमा सांसद शाहीले फेसबुक लाइभ तथा अन्य सामाजिक सञ्जालमार्फत आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने नागरिक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकलाई लक्षित गरी अपमानजनक र असंयमित अभिव्यक्ति दिएको आरोप लगाएको […]

  4. ज्ञानेन्द्र शाहीलाई माफी माग्न रास्वपा प्रवास सम्पर्क विभाग जापानको आग्रह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। विभागले आज एक विज्ञप्ति जारी गर्दै सांसद शाहीले तथ्य नबुझी सामाजिक सञ्जाल प्रयोग गर्ने नागरिक तथा रास्वपाका समर्थकलाई लक्षित गर्दै अपमानजनक र असंयमित अभिव्यक्ति दिएको आरोप लगाएको छ । जिम्मेवार जनप्रतिनिधिबाट […]

  5. ज्ञानेन्द्र शाहीको व्यंग्य : जापानको रक्सी कडा रहेछ, खाँदै नखाएको पनि लागेछ!

    राप्रपा सांसद ज्ञानेन्द्र शाहीले जापानस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभागद्वारा निकालिएको विज्ञप्तिप्रति कटाक्ष गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers
  6. सांसद शाहीको अभिव्यक्तिप्रति जापानस्थित रास्वपाको आपत्ति

    जापानस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभागले सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।...

    Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.