नेपालका लागि पाकिस्तानी राजदूतले राष्ट्रपतिसँग गरे बिदाइ भेट
१७ असार, काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाशिमीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ । पाकिस्तानी राजदूत हाशिमीको यो बिदाइ भेट पनि हो । कार्यकाल सकेर फर्कंदै गरेका राजदूत हाशिमीलाई राष्ट्रपति पौडेलले सफलतापूर्वक कार्यकाल सफल पारेकोमा बधाइ दिए । साथै, […]



