Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

६८औँ संसद् दिवसमा भीष्मराज आङदेम्बेद्वारा वर्तमान शासकीय स्वरूपको बचाउ

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मंगलबार सिंहदरबारमा आयोजित ६८औँ संसद् दिवसको कार्यक्रमलाई सम्बोधन गरेका छन्। उनले नेतृत्वको कमजोरीलाई लुकाउन वर्तमान शासकीय स्वरूप र सङ्घीयतामाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताए। संसद्लाई जनताको आवाज मुखरित हुने सशक्त मञ्च बनाउन सबै दलबीच सहकार्य र संवाद आवश्यक रहेकोमा उनले जोड दिए।

4 publishers · 4 headlines · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता : भीष्मराज आङदेम्बे

१६ असार, काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको बलिदानीबाट प्राप्त उपलब्धिलाई सङ्कटमा पार्ने काम कसैबाट पनि हुन नहुनेमा जोड दिए। नेता आङदेम्बेले नेतृत्वको अकर्मण्यता र सोचको कमीलाई ढाकछोप गर्न शासकीय […]

Coverage

3 more headlines since

first · 4d agolatest · 4d ago
  1. संसद जनताको आवाज सशक्त बनाउने मञ्च हो : नेता आङदेम्बे

    काठमाडौं : नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले संसदको गरिमा, प्रभावकारिता र विश्वसनीयता थप सुदृढ बनाउन सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । संसद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको संस्थागत विकास तथा जनसरोकारका

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  2. कांग्रेस उत्तरदायी संसदीय अभ्यासप्रति प्रतिबद्ध छ: भीष्मराज आङदेम्बे

    काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदलाई जनताका आवाज मुखरित हुने सशक्त मञ्चका रूपमा स्थापित गर्न सबै राजनीतिक दलबीच सहकार्य, संवाद र लोकतान्त्रिक संस्कृतिको विकास अपरिहार्य भएको बताएका छन्। संसद् दिवस २०८३ को अवसरमा शुभकामना दिँदै संसद् लोकतन्त्रको मेरुदण्ड भएको बताए। उनले भनेका छन्, जनताको सार्वभौम इच्छालाई कानुन, नीति र राज्य सञ्चालनमार्फत […]

  3. आफ्नो कमजोरीको दोष शासकीय स्वरूपलाई नथोपरौँ, व्यवस्थामाथि धावा बोल्नु गलत : आङ्देम्बे

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको वर्तमान शासकीय स्वरूप र सङ्घीयतामाथि प्रश्न उठाउने प्रवृत्तिप्रति आपत्ति जनाएका छन् । ६८ औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा नेता

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.