कोशीकी सांसद निर्मला लिम्बुलाई हटाउने तयारीमा जसपा नेपाल
जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बुलाई पदमुक्त गर्ने तयारी थालेको छ । सर्वोच्च अदालतले पार्टी विभाजनको विवादमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको पक्षमा फैसला सुनाएपछि पार्टीले लिम्बुलाई हटाउने प्रक्रिया अगाडि बढाएको हो । अशोक राई नेतृत्वको समूहले पार्टी फुटाएर नयाँ दल गठन गर्दा लिम्बुले राईको पक्षमा सनाखत गरेकी थिइन्, जसका कारण अहिले उनीमाथि कारबाहीको तरबार झुण्डिएको हो ।गत बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, महेश शर्मा पौड

