Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

सङ्घीय संसद्बाट निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक पारित

सङ्घीय संसद्का दुवै सदनबाट प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ बहुमतले पारित भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन मन्त्री सोविता गौतमले प्रस्तुत गर्नुभएको यी विधेयकहरूमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार र 'नो भोट' को व्यवस्था समावेश गरिएको छ। नेपाली कांग्रेस र नेकपा एमाले लगायतका प्रतिपक्षी दलहरूको विरोधका बीच अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व र नामावली सङ्कलनका विषयमा परेका संशोधन प्रस्तावहरूमाथि छलफल गरी विधेयक पारित गरिएको हो।

Summary by Jayaman

10publishers
17headlines
Span: 10 hoursNE onlyUpdated 2d ago
Covered by
+2
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

अपांगता भएका व्यक्तिलाई अनिवार्य उम्मेदवार बनाउनुपर्ने व्यवस्था प्रस्ताव

१७ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक मा तीन वटा संशोधन प्रस्ताव गरेको छ । यो विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको हो । राष्ट्रिय सभामा तीन वटा संशोधन परेको हो । जसमार्फत सांसदहरूले अपांगता भएका व्यक्तिलाई अनिवार्य उम्मेददवार बनाउनुपर्ने व्यवस्था प्रस्ताव गरेका छन् । सांसदहरू सुरेश कुमार आले मगर […]

Coverage

16 more headlines since

first · 2d agolatest · 2d ago
    1. प्रतिनिधिसभाबाट मतदाता नामावली विधेयक पारित

      प्रतिनिधिसभाले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८२ बहुमतले पारित गरेको छ। राष्ट्रिय सभाबाट संशोधनसहित पारित भएर आएको उक्त विधेयक आइतबार प्रतिनिधिसभाबाट अनुमोदन गरिएको हो।आज प्रतिनिधिसभाको बैठक चार पटक बसेको थियो। तर बैठक तनावमय बन्यो । विधेयक पारित गर्ने क्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले विरोध जनाएका थिए। विरोधका बाबजुद सभामुख डीपी अर्यालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्

      Lokaantar logoLokaantarPrivatestory17 publishers
    2. प्रतिनिधिसभामा राष्ट्रियसभाबाट फिर्ता भएको विधेयक प्रस्तुत

      प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित फिर्ता भएका दुई विधेयक टेबुल भएको छ ।प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको अनुमतिमा सभाका सचिव प्रकाश अधिकारीले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन विधेयक, २०८३’ जानकारी र टेबुल गरेका हुन् । ती विधेयक यसअघि प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पठाइएकामा सन्देशसहित फिर्ता आएका हुन् ।

      Lokaantar logoLokaantarPrivatestory17 publishers
    3. मतदाता नामावली विधेयकमाथि राष्ट्रिय सभाको संशोधन प्रतिनिधिसभाबाट बहुमतले पारित

      १७ जेठ, काठमाडौं । प्रतिनिधिसभाबाट मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको छ । आइतबार साँझ बसेको प्रतिनिधिसभाको तेस्रो बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकको संशोधनमाथि विचार गर्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सभाबाट प्राप्त भएको संशोधन प्रतिनिधिसभामा प्रस्तुत […]

    4. प्रतिपक्षकाे बिराेधका बीच मतदाता नामावली पहिलो संशोधन विधेयक-२०८३ पारित

      काठमाडौँ । प्रतिपक्षकाे बिराेधका बीच प्रतिनिधिसभाले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रिय सभाबाट संशोधन भई आएको उक्त विधेयकलाई बहुमतका आधारमा पारित गरेको हो । विधेयकलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सदस्यले समर्थन जनाएका थिए । विधेयक स्वीकृत भएसँगै मतदाता नामावली व्यवस्थापन तथा निर्वाचन प्रक्रियासँग सम्बन्धित […]

    5. प्रतिनिधिसभाबाट पारित भयो मतदाता नामावली विधेयक

      काठमाडौँ । प्रतिनिधिसभा बैठकबाट मतदाता नामावली विधेयक पहिलो संशोधन २०८२ पारित भएको छ। राष्ट्रियसभाबाट संशोधनसहित पारित भएर आएको विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो। विधेयक पारित गर्ने बेलामा विपक्षी दलहरू नेपाली कांग्रेस नेकपा एमाले नेपाली कम्युनिस्ट

      Ratopati logoRatopatiPrivatestory17 publishers
    6. राष्ट्रियसभाबाट दुई विधेयक पारित

      काठमाडौं । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् । सभाको आजको बैठकबाट प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरिएको हो । यसअघि बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारित गरियोस् भन्ने […] The post राष्ट्रियसभाबाट दुई विधेयक पारित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    7. राष्ट्रिय सभाबाट दुई विधेयक पारित

      निर्वाचनसम्बन्धी दुई विधेयक राष्ट्रियसभाबाट आज पारित भएका छन्।

      Nagarik News logoNagarik NewsPrivatepolitics17 publishers
    8. राष्ट्रियसभाबाट यी दुई विधेयक पारित

      काठमाडौँ- राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन्। सभाको आइतबारको बैठकबाट प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरिएको हो। यसअघि बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहकातर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्लाबेग्लै प्रस्ताव पेस राखेकी […]

    9. राष्ट्रियसभाबाट दुई विधेयक पारित

      राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।सभाको आजको बैठकबाट प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरिएको हो ।यसअघि बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाह (बालेन)का तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्लाबेग्लै प्रस्ताव पेश गरेकी थिइन् । राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउँसो १ः१५ बजे बस्नेछ ।

      Lokaantar logoLokaantarPrivatestory17 publishers
    10. राष्ट्रियसभाबाट दुई विधेयक पारित

      काठमाडौँ, जेठ १७ गते ।राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् । सभाको आजको बैठकबाट प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन ९पहिलो संशोधन०...

    11. राष्ट्रियसभाबाट दुई विधेयक पारित

      काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् । सभाको आजको बैठकबाट प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरिएको हो । यसअघि

      Ratopati logoRatopatiPrivatestory17 publishers
    12. राष्ट्रिय सभाबाट मतदाता नामावली संशोधन विधेयक पारित, ‘नो भोट’को व्यवस्था पनि

      काठमाडौं- विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार प्रदान गर्ने व्यवस्था समेटिएको मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय सभाको आइतबार बसेको बैठकले प्रतिनिधि सभाबाट प्राप्त सन्देशसहित उक्त विधेयक बहुमतले

      Ajako Artha logoAjako ArthaPrivatestory17 publishers
    13. राष्ट्रियसभाबाट दुई विधेयक पारित

      काठमाडौं– राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् । सभाको आजको बैठकबाट प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरिएको हो । यसअघि बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्लाबेग्लै […]

    14. मतदाता नामावलीसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

      १७ जेठ, काठमाडौं । मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित भएको छ । सभाको आइतबार बसेको बैठकले प्रतिनिधि सभाबाट आएको सन्देशसहित मतदाता नामावली (पहिलो संशोधन) विधेयकलाई बहुमतले पारित गरेको हो । विधेयकमाथिको दफावार छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय, संसदीय मामिलामन्त्री सोबिता गौतमले मतदाता नामावली ऐन […]

    15. प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

      काठमाडौँ, जेठ १७ गते । राष्ट्रिय सभाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ पारित गरिएको छ ।सभाको आइतबारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयक...

    16. मतदाता नामावली संशोधन विधेयकमा ३ संशोधन प्रस्ताव

      १७ जेठ, काठमाडौं । ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३’ मा तीन वटा संशोधन प्रस्ताव गरेको छ । राष्ट्रिय सभामा तीन वटा संशोधन प्रस्ताव परेको हो । यो विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । राष्ट्रिय सभा सांसदहरू सुरेश कुमार आलेमगर लगायतले उम्मेदवारहरूको मनोनयन दर्ता हुने दिनभन्दा एक महिनाअघि मतदाता नामावली संकलन, दर्ता तथा […]

Nepal Parliament Passes Key Election and Voter List Amendment Bills · K cha khabar