Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

132 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

3

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

१६ भदौ, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठक कहिले राख्ने र के कस्ता एजेन्डा अगाडि बढाउने भनेर छलफल हुनेछ । यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल प्रतिनिधिसभाको बैठक बोलाउन माग गरेको थियो । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार सभामुख […]

भोटेकोशी बाढीको क्षति, उद्धार र पुनर्स्थापनाबारे सर्वदलीय बैठक बस्दै

१६ भदौ, काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा भोटेकोशी बाढीपछिको समग्र अवस्था, प्रभावित क्षेत्रको पुनर्स्थापना तथा राहत र उद्धार […]

रसुवा–त्रिशूली बाढी : खर्बौंको क्षतिपछि पुनर्निर्माणको कठिन परीक्षा

रसुवा र त्रिशूली जलाधार क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले भौतिक पूर्वाधार, जलविद्युत् आयोजना र सर्वसाधारणको धनमालमा अपूरणीय क्षति पुर्‍याएको छ। यो विपद्को असर केवल रसुवा र नुवाकोटमा मात्र सीमित नरही राष्ट्रिय अर्थतन्त्रका विभिन्न आयाममा प्रत्यक्ष रूपमा देखिनेछ।

3–12 hours ago

1

भारतर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

कुशीनगर प्रशासनका अनुसार हालसम्म नदीबाट १३ वटा अज्ञात शव फेला परेको छ । फेला परेको शवमध्ये ६ जना पुरुष र ७ जना महिला छन्।

Yesterday

42

रसुवा बाढी : सोमबार राति ८ बजेसम्म ९७४ शव फेला

प्रहरीका अनुसार ४ हजार ५९९ जना सम्पर्कविहीन छन् ।

बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घको १५ लाख सहयोग

१५ भदौ, पर्सा । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले रु १५ लाख एक हजार १०१ आर्थिक सहयोग गरेको छ । उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज जम्मा गरिएको सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले जानकारी दिए। विगतदेखि प्राकृतिक विपद् तथा सङ्कटका समयमा […]

बाढी प्रभावितको राहत र उद्धारमा नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ ।

विष्णुमती नदीको जल सतह खतरा नजिक

बाढी बढिरहेकाले नदीको तल्लो तटिय क्षेत्रका बासिन्दा बिहानसम्मै उच्च सतर्क रहन बाढी पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द

चीन सरकारले पठाएको इमेलमा अर्को सूचना जारी नभएसम्म तातोपानी नाका बन्द रहने उल्लेख छ ।

प्रधानमन्त्री राहत कोषमा सोमबारसम्म झन्डै ६ खर्ब ३६ करोड भन्दा बढी रकम जम्मा

दुवै रकम जोड्दा कुल ६ अर्ब ३६ करोड ५५ लाख ८५ हजार बढी रुपैयाँ पुग्छ ।

रसुवा बाढी : सोमबार साँझसम्म ९३९ जनाको शव फेला, तीन हजार ९२५ सम्पर्कविहीन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले साँझ ६ बजेसम्म ९३९ शव फेला परेका छन् ।

बाढी प्रभावितलाई एनआरएनएको १ करोड सहयोग

१५ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बाढी प्रभावित नागरिकका लागि १ करोड सहयोग गरेको छ । सोमबार परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा सहयोग रकम हस्तान्तरण गरिएको हो । एनआरएनएका पदाधिकारी तथा अभियन्ता र विभिन्न राष्ट्रिय समन्वय परिषद् बाट संकलित रकममध्ये पहिलो चरणमा उक्त रकम कोषमा हस्तान्तरण गरिएको संघले जनाएको छ । […]

रसुवामा विद्युत् पूर्ति गर्न साञ्जेन जलविद्युत् गृहलाई ‘आइसोलेटेड’ मोडमा चलाउने तयारी

१५ भदौ, काठमाडौं । बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनर्स्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी थालेको छ । प्राधिकरणले स्थानीय विद्युत् प्रणालीलाई छुट्टै सञ्चालनमा ल्याएर रसुवाका प्रभावित क्षेत्रमा आपूर्ति गर्ने प्रयास गरिरहेको हो । त्यसका लागि आवश्यक प्राविधिक तयारी तथा समन्वय भइरहेको प्राधिकरणले जनाएको छ […]

सिप्रभ्य समूहका सिप्रदी तथा भोटेकोशी पावरद्वारा उद्धार कोषमा ५ करोड सहयोग

१५ भदौ, काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् । बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न उक्त रकम उपयोग हुने विश्वास गरिएको छ । […]

बाढीमा बैंकहरूको ६० करोडको सम्पत्ति नष्ट, साढे २ अर्ब कर्जा जोखिममा

१५ भदौ, काठमाडौं । भदौ १० गते गएको रसुवा बाढीका कारण प्रभावित क्षेत्रमा विभिन्न बैंकका शाखाहरूले ६० करोड रुपैयाँ प्रत्यक्ष क्षति ब्यहोरेका छन् । नेपाल बैंकर्स संघका अनुसार बाढी प्रभावित क्षेत्रमा विभिन्न १२ वटा बैंकका १६ वटा शाखा कार्यालय थिए । कुल शाखामध्ये १५ शाखा कार्यालयमा पूर्ण क्षति पुगेको छ भने एउटा शाखा कार्यालय क्षतिग्रस्त […]

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको नारायणी नदीबाट मात्रै ७२ शव सेनाले निकाल्यो

१५ भदौ, काठमाडौं । भोटेकोशीमा आएको बाढीले बगाएका ७२ वटा शव चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीबाट सेनाले निकालेको छ । १० भदौमा आएको बाढीपछि खटिएको श्री नयाँ गोरख गणले ७१ शव नदीबाट निकालेको हो । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको उक्त गणले आफ्नो क्षेत्रभित्रबाट ७२ शव निकालेर प्रहरीलाई बुझाएको हो । शव निकालेपछि मुचुल्काका लागि […]

मलेसियाका समकक्षीसँग परराष्ट्रमन्त्री खनालले गरे टेलिफोन वार्ता

१५ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मलेसियाका परराष्ट्रमन्त्री दातो सेरी उतमा हाजी मोहम्मद हाजी हसनबीच सोमबार टेलिफोन वार्ता भएको छ । मलेसियाका परराष्ट्रमन्त्री हसनले परराष्ट्रमन्त्री खनाललाई टेलिफोन गरी विपद्बाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको उनको सचिवालयले जानकारी गराएको छ । वार्ताका क्रममा मलेसियाका परराष्ट्रमन्त्री हसनले […]

बाढी पीडितका लागि नबिल बैंकको रक्तदान कार्यक्रम

१५ भदौ, काठमाडौं । नबिल बैंकले रसुवाका बाढीपीडितको सहयोग तथा मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको छ। सोमबार आयोजित कार्यक्रममा १३६ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ। त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको सहकार्यमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। बाढीका कारण प्रभावित क्षेत्रमा […]

राष्ट्रपतिलाई रविले गरे बाढीको ब्रिफिङ

भेटका क्रममा रसुवाको भोटेकोसी नदीमा आएको बाढी र बाढीले पुर्‍याएको क्षति तथा बाढी प्रभावितको उद्धार र राहतका लागि भइरहेको प्रयासबारे उनले राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेका छन् ।

उद्धार कोषमा माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग

१५ भदौ, काठमाडौं । माछापुच्छ्रे बैंकले हालै रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका अध्यक्ष रोशन के.सीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे । बाढी तथा पहिरोका कारण […]

बाढीपीडितलाई शिवम्‌को ११ हजार बोरा सिमेन्ट र होल्डिङ्सको २१ लाख सहयोग

१५ भदौ, काठमाडौं । बाढी तथा पहिरो प्रभावित परिवारको आवास पुनर्निर्माणका लागि शिवम् सिमेन्ट लिमिटेडले ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने भएको छ।कम्पनीले नेपाल सरकारसँगको समन्वयमा ११० घरधुरीलाई प्रतिपरिवार १०० बोराका दरले उक्त सिमेन्ट निःशुल्क उपलब्ध गराउने जनाएको छ। शिवम् सिमेन्टले भदौ १० गते रसुवालगायत विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको मानवीय तथा […]

विश्व खाद्य कार्यक्रमबाट प्राप्त २९ टन खाद्य सामग्री बाढी प्रभावित क्षेत्र पठाइयो

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)बाट प्राप्त २९ टनसहित ३० टन खाद्य सामग्री बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ ।

बाढीपीडितका लागि पतञ्जलीले सरकारी कोषमा जम्मा गर्‍यो २ करोड ११ लाख

१५ भदौ, काठमाडौं । पतञ्जली नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको सहयोगार्थ २ करोड ११ लाख रुपैयाँ सरकारी राहत कोषमा उपलब्ध गराएको छ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पतञ्जलीले उक्त रकम उपलब्ध गराएको हो । पतञ्जलि नेपालको तर्फबाट डा. पवमान सुवेदी, युवराज सुवेदी र ओम बंसलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम प्रदान गरेका […]

रसुवा बाढीपीडितका नाममा स्वेच्छिक राहत संकलन नगर्न सिरहा प्रशासनको आग्रह

१५ भदौ, सिरहा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि सिरहा जिल्लाका विभिन्न स्थानबाट राहत सामग्री संकलन भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले स्वेच्छिक रूपमा राहत सामग्री संकलन नगर्न/नगराउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार सूचना जारी गर्दै बाढीपीडितका लागि राहत सामग्री उपलब्ध गराउन इच्छुक व्यक्ति, संघ–संस्था वा […]

रसुवा बाढी : शव पहिचान गर्न आफन्तले कसरी दिने डीएनए नमुना ?

१५ भदौ, काठमाडौं । बाढीमा बेपत्ता भएका आफन्तको खोजीमा रहेकाहरूलाई डीएनए जाँचका लागि नमुना दिन सक्ने जानकारी प्रहरीले दिएको छ । अहिले फेला परेका शव तथा शरीरका अंग आफन्तको हो कि भनी डीएनएको जाँच गर्न चाहेमा तोकिएको स्थानमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको हो । डीएनए जाँचका लागि रगतको नाता पर्ने व्यक्तिको रगतको नमुनासहित महाराजगंजस्थित […]

विपत्ति सरकारलाई मात्र होइन, सबै एकजुट बनौं : सांसद राई

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले नागरिकलाई सरकारप्रति विश्वास दिलाउन संसद् सुचारु गर्न आवश्यक रहेको बताएका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बाढी पीडितहरूको व्यवस्थापन तथा पुनर्स्थापना लगायतका विषयमा छलफल गर्न संसद सुचारु गर्न आवश्यक रहेको बताए । नागरिकलाई सरकारप्रति विश्वास दिलाउन र राज्य जवाफदेही छ […]

आङ्देम्बेसँग सभामुखले भने- भोलि कार्यव्यवस्था समितिको बैठक, यथाशीघ्र संसद्

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख डोलप्रसाद अर्यालले मंगलबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद् बैठक सञ्चालनको टुङ्गो लगाउने बताएका छन् ।

रसुवागढी सुरुङभित्र कोही नभेटिएको सरकारकाे दाबी, ड्युटी गरिरहेका ३ जना खोइ ?

सुरुङभित्र खोजी गर्दा कोही नभेटिएको सेनाको दाबी र बाढी आउँदा त्यही सुरुङमा ड्युटीमा रहेका तीन कर्मचारी सम्पर्कविहीन रहेको तथ्यले सरकारी खोज उद्धारमाथि नै प्रश्न उठेको छ ।

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

१५ भदौ,बुटवल । भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनर्स्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकको तर्फबाट ५५ लाख र कर्मचारीहरुको तर्फबाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । प्राकृतिक विपतका कारण रसुवा, […]

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह निरन्तर दबाबमा

१५ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ७८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६४ करोडको भयो । बजार खुलेपछि दिनभर रातो रह्यो । जम्मा २१ […]

‘पार्वती’ ले ओपनिङको ११ लाख अर्थमन्त्रीलाई बुझायो, लाइफटाइमको ५ प्रतिशत पनि दिने

काठमाडौं । फिल्म ‘पार्वती’ ले ओपनिङ कलेक्सनको कमाइ भोटेकोशी बाढी पीडितका लागि प्रदान गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कुल ग्रस कलेक्सनबाट निर्माताले पाउनुपर्ने मध्येको ११ लाख ३ हजार २७० रुपैयाँ प्रदान गरिएको वितरक करण श्रेष्ठले जानकारी दिए । निर्माताले रिलिजअघि नै पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरेका थिए […]

रसुवा बाढी : कोशीका २२ जना सम्पर्कमा, १ जनाको मृत्यु

भोटेकोशी नदीमा आएको भिषण बाढीपछिको विपद्का कारण कोशी प्रदेशका १७६ जना सम्पर्कविहीन छन्।

नुवाकोटको त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे

१५ भदौं, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकोटको त्रिशूली पुगेका छन् । बाढी प्रभावित जलविद्युत् आयोजनाको निरीक्षण र उद्धार कार्यको अपडेट लिन नुवाकोट पुगेका मन्त्री श्रेष्ठले त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरूङसँगै छलफल थालेका छन् । गृहमन्त्री गुरूङ सैन्य तालिम केन्द्रमै बसेर उद्धारको लागि समन्वय गरिरहेका छन् । जलविद्युत् […]

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

१५ भदौ, दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ । भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जङ्गलमा व्यवस्थापन गर्न लागिएको हो । तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापनअघि कानुनी तथा […]

रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण

१५ भदौ, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा वाढीका कारण बेपत्ताहरूको यकिन तथ्यांक नरहेको जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपद्‌बाट बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न अझै कठिन रहेको बताइन् । उनले हाल स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो […]

कांग्रेसका सांसदहरूले आधा महिनाको तलब पार्टीको राहत कोषमा जम्मा गर्ने

१५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । संसदीय दलको सोमबार सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बासना थापाले प्राकृतिक विपत्तिले पुर्‍याएको क्षतिप्रति दु:ख व्यक्त गर्दै राहत र पुनर्स्थापनाका लागि पार्टीले यो कदम चालेको […]

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो ।

रसुवा जोड्ने वैकल्पिक मार्गमा पनि सास्ती, राहत पुर्‍याउनै हम्मे

तीन दिन अघि नै काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सञ्चालन गरिएको थियो ।

अपर त्रिशूली ३ बी जलविद्युत् आयोजनामा फसेकाको उद्धारलाई तीव्रता दिन अपिल

१५ भदौ, काठमाडौं । रसुवाको बाढीमा परेर सम्पर्कविहीन भएका इन्जिनियर हेमन्तराज जोशीको परिवारले सरकारलाई चाँडोभन्दा चाँडो अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन अपिल गरेको छ । ६ दिनअघि आएको बाढीमा परी बेपत्ता भएका इन्जिनियर जोशीकी श्रीमती हृदयश्वरी जोशीले भिडियोमार्फत् अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन अपिल गरेकी […]

एनभीएलको पहिलो दिनको टिकट बिक्रीबाट आएको रकम उद्धार कोषमा जम्मा हुने

१५ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) ले भोटेकोशी बाढीपीडितको सहयोगका लागि लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ । एनभीएलले भदौ १९ गते हुने पहिलो दिनका खेलको टिकट बिक्रीबाट प्राप्त सम्पूर्ण रकम बाढीपीडितको उद्धार तथा राहतका लागि कोषमा उपलब्ध गराउने घोषणा गरेको हो […]

यस्तो छ बाढी प्रभावित रसुवा पुग्ने वैकल्पिक मार्ग

१५ भदौ, काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका केही सडक सञ्‍चालनमा आएका छन् । मुख्य सडक सञ्चालनमा आइनसकेको अवस्थामा सरकारले ती वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । अत्यावश्यक हेली उद्धार आवश्यक नभएकाहरुले ती मार्गहरु प्रयोग गर्न सक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले हाल रसुवार धादिङ जोड्ने वैकल्पिक […]

कर्णालीका कांग्रेस सांसदद्वारा बाढीपीडितका लागि २ लाख २५ हजार सहयोग

१५ भदौ, सुर्खेत । कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरूले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि २ लाख २५ हजार सहयोग गरेका छन्। सांसदहरूबाट सहयोगस्वरूप प्राप्त उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली […]

भोटेकोशीको बाढीमा परेका ९०३ जनाको शव भेटियो, १०, ४५१ को उद्धार

२६७ जना घाइते भएकोमा १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिंगापुर बेभरेजेजको २० लाख सहयोग

१५ भदौ, काठमाडौं । झापाको मेचीनगर-४ मा रहेको सिंगापुर बेभरेजेज नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कोषमा उक्त सहयोग गर्ने निर्णय भएको सिंगापुर बेभरेजेजले जनाएको छ । राष्ट्र र नागरिकमाथि परेको यस […]

जलविद्युत् आयोजना क्षेत्रमा उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री श्रेष्ठ

१५ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदैछन् । मन्त्री श्रेष्ठको सचिवालयका अनुसार आज नुवाकोट हुँदै रसुवामा अवस्थित जलविद्युत् आयोजना स्थल पुग्ने तय भएको छ । स्थलमार्गबाट नुवाकोट पुगेर मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा उद्धार र राहतको अवस्थाबारे जानकारी लिनेछन् । वत्ती नपुगेको ठाउँमा वैकल्पिक […]

भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत

१५ भदौ, चितवन । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १९९ वटाको व्यवस्थापन गरिएको छ […]

Older

54

बाढीले क्षतिग्रस्त बैंकभित्रबाट प्रहरीले डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकाल्यो

नेपाल प्रहरीले बाढीले क्षतिग्रस्त बनेको कृषि विकास बैंक त्रिशूली ढुंगे शाखाबाट करोडौं बराबरको नगद र सुन सुरक्षित स्थानमा सारेको छ ।

रसुवा र नुवाकोटमा २६ अस्थायी अश्रयस्थल र राहत वितरण केन्द्र सञ्चालन

रसुवा बाढी प्रभावितहरूका लागि संघ र स्थानीय सरकारहरूले सहकार्य गरेर रसुवा र नुवाकोटका २६ स्थानमा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याएका छन् ।

त्रसित छन् राजमार्गका स्थानीय, कृष्णभिरको पहिरोले झनै थप्यो (तस्वीरहरू)

१४ भदौ, धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने कृष्णभिरमा आइतबार गएको पहिरोले मुग्लिन–काठमाडौ‌ं सडक पूर्ण रुपमा ठप्प भएको छ । गल्छी–मलेखु सडकखण्डको त्रिशूली नदी किनारमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालन गर्न कम्तीमा एक महिना लाग्ने प्रहरीले जनाएको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका असर यो क्षेत्रमा व्यापक देखिन्छ । स्थानीयहरू त्रसित छन् । कयौं […]

प्रधानमन्त्री राहत कोषमा हालसम्म कति भयो रकम जम्मा ?

प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा आइतबार दिउँसोसम्म जम्मा भएको रकमको विवरण सार्वजनिक गरेका छन् ।