साल्ट ट्रेडिङको सुपथ मूल्य पसलबाट ८ लाख बढीको खाद्यान्न बिक्री
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मकवानपुरले चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट आठ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री गरेको छ।कार्यालय प्रमुख मधुसुधन अधिकारीका अनुसार गत असोज १ गतेदेखि दसैँ बिदासम्म चिनी, नुन, तेल र मैदा गरी आठ लाख रुपैयाँभन्दा बढीको बिक्री भएको हो।कार्यालयले बजार मूल्यभन्दा चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा दुई रुपैयाँ, मैदामा सात रुपैयाँ र तेलमा प्रतिलिटर सात रुपैयाँ छुट दिएको थियो। यस अवधिमा ६० बोरा चिनी, १० क्विन्टल नुन, सात क्विन्टल मैदा र ५०० लिटर तेल बिक्री भएको कार्य
