Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 1h agolast: 1h ago

प्रधानन्यायाधीश शर्माले बिचौलिया इनम सापकोटासँग चिनजान नभएको बताए

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो कुनै चिनजान, सम्पर्क र संलग्नता नरहेको स्पष्ट पारेका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै उनले ती व्यक्तिसँग प्रत्यक्ष वा परोक्ष रूपमा चिनजान, सम्पर्क नभएको र कहीँ कतै नभेटेको बताएका छन्। आफूसँग जोडिएर आएको समाचारले आफू स्तब्ध बनेको पनि शर्माले उल्लेख गरेका छन्।

4 publishers · 4 headlines · 4 in 24h · developing over 25 min
Broke firstLokaantar logoLokaantar

प्रधानन्यायाधीश शर्माको स्पष्टीकरण– इनमसँग चिनजान छैन, कहीँ कतै भेटेको छैन

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले विवादित व्यक्ति इनम सापकोटासँग आफ्नो चिनजान नरहेको र कहीँ कतै नभेटेको बताएका छन् ।इनम सापकोटासँग जोडेर आएको समाचारले आफू स्तब्ध बनेको शर्माले बताएका छन् ।बिहीबार एक विज्ञप्ति जारी गर्दै शर्माले आफूसँग जोडिइएको इनम सापकोटासँग आफ्नो चिनजान नभएको बताएका हुन् ।‘जुन प्रसङ्ग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरू एवं प्रसङ्गमा मेरो कुनै संलग्नता छैन । ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्क समेत छैन। मैले कहीँ कतै भेट

story4 publishers
Coverage

3 more headlines since

first · 1h agolatest · 1h ago
  1. इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

    काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो कुनै चिनजान नभएको स्पष्ट पारेका छन् । विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारमा जोडिएका व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा परोक्ष रूपमा कुनै पनि किसिमको चिनजान, सम्पर्क र संलग्नता नरहेको तथा आफूले उनीहरूलाई कहिल्यै नभेटेको प्रस्ट पारेका छन् । साथै, उक्त प्रसंगमा उल्लेख गरिएको नोभेम्बर, […]

  2. बिचौलिया इनमसँगको सम्बन्धलाई लिएर प्रधानन्यायाधीशको विज्ञप्ति, ‘चिनजान र सम्पर्क छैन’

    काठमाडौं। प्रधानन्यायाधीश मनोजकुमार शर्माले इनम सापकोटासँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्। उनले बिहीबार विज्ञप्ति जारी गर्दै इनमसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान र सम्पर्क नरहेको बताएका हुन्। ‘ती व्यक्तिसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्कसमेत छैन। मैले कहिँकतै भेटेको पनि छैन,’ विज्ञप्तिमा भनिएको छ। The post बिचौलिया इनमसँगको सम्बन्धलाई लिएर प्रधानन्यायाधीशको विज्ञप्ति, ‘चिनजान र सम्पर्क छैन’ appeared first on BIZMANDU.

    BizmanduPrivatecontent4 publishers
  3. इनम सापकोटाबारे प्रधानन्यायाधीशको वक्तव्य : मेरो चिनजान र सम्पर्क छैन

    प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग जोडिएका प्रसंगहरूबारे आफ्ना धारणा सार्वजनिक गर्दै उनीसँग कुनै सम्पर्क र चिनजान नरहेको दाबी गरेका छन् ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.