Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

शाहरुख खानले फिल्म 'किङ' को नयाँ पोस्टर सार्वजनिक गरे

बलिउड अभिनेता शाहरुख खानले आफ्नो आगामी फिल्म 'किङ' को नयाँ पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। पोस्टरमा उनको एक्सन र रोमान्स मिश्रित अवतार देखिन्छ, जसमा मुखमा गुलाबको फूल, हातमा बन्दुक र अनुहारमा चोटका निशान छन्। फिल्म सन् २०२६ डिसेम्बर २४ मा रिलिज हुनेछ, जसले उनको तीन वर्ष लामो विश्रामको अन्त्य गर्दै एक्सन थ्रिलरका रूपमा प्रस्तुत हुनेछ।

4 publishers · 4 headlines · developing over 3 hours
Broke firstRajdhani National Daily logoRajdhani National Daily

शाहरुख खानले सार्वजनिक गरे ‘किङ’ को नयाँ पोस्टर

काठमाडौं । अन्तत: शाहरुख खानका शुभचिन्तकको पर्खाइको समय सकिएको छ । सन् २०२६ डिसेम्बर २४ मा शाहरुख अभिनित नयाँ फिल्म ‘किङ’ रिलिज हुने भएको छ । शाहरुखले मंगलबार सामाजिक सञ्जालमार्फत नयाँ फिल्म ‘किङ’ को पोस्टर सार्वजनिक गर्दै क्रिसमसमा रिलिज हुने जानकारी दिएका हुन् । शाहरुख खान एक्सन थ्रिलर चलचित्रमार्फत तीन वर्ष लामो विश्रामको अन्त्य गर्दैछन्। […] The post शाहरुख खानले सार्वजनिक गरे ‘किङ’ को नयाँ पोस्टर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

    काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको दोहोरो झल्को दिने अवतारमा देखिएका छन् । उनको बहुप्रतीक्षित फिल्म ‘किंग’को नयाँ पोस्टर सार्वजनिक भएसँगै फिल्मलाई लिएर दर्शकमाझ उत्सुकता थप बढेको छ। सार्वजनिक पोस्टरमा शाहरुखको अनुहार रगतले लतपतिएको छ भने ओठमा गुलाब च्यापेका छन्। उनको आँखामा देखिने रिस र ओठमा रहेको गुलाबले हिंसा र प्रेमको […]

  2. 'हत्यारा होइन, प्रेमी हुँ' भन्दै आए शाहरूख,  यस्तो छ 'किङ' को नयाँ लुक

    बलिउड अभिनेता शाहरूख खानको बहुप्रतीक्षित फिल्म 'किङ' को नयाँ पोस्टर सार्वजनिक भएको छ।

    Setopati logoSetopatiPrivateart4 publishers
  3. ‘..आशिक हुँ’ भन्दै आए ‘किङ खान’, नयाँ फिल्मको पोस्टरमा यस्तो देखि

    बलिउड अभिनेता शाहरुख खानको आगामी फिल्म ‘किङ’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा शाहरुखको एक्सन र रोमान्स मिश्रित दमदार अवतार देख्न सकिन्छ । पोस्टरमा शाहरुखको मुखमा गुलाबको फूल छ भने हातमा बन्दुक देखिन्छ । अनुहारमा चोटका निशानसहित देखिएका उनको यो लुकले फिल्ममा एक्सनसँगै प्रेमको पाटो पनि रहेको सङ्केत गर्छ । पोस्टर सार्वजनिक गर्दै शाहरुखले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.