
न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री आर्डर्नले सिड्नी विश्वविद्यालयमा सुरु गरिन् जागिर
काठमाडौं । न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री ज्यासिन्डा आर्डर्न अस्ट्रेलियामा जागिर सुरु गरेकी छन् । उनी अस्ट्रेलिया बसाई सरेसँगै सिड्नी विश्वविद्यालयमा प्राध्यापक तथा मेन्टरका रूपमा जागिर सुरु गरेकी छन् । ४६ वर्षीया आर्डर्नलाई विश्वविद्यालयले ‘प्रोफेसर अफ प्राक्टिस’ पदमा नियुक्त गरेको हो । उनले संवेदनशील नेतृत्व, सामाजिक सद्भाव र नागरिक विश्वासका विषयमा केन्द्रित रहेर काम गर्ने विश्वविद्यालयले जनाएको छ […]