बलात्कार आरोपमा एक जना पक्राउ
तनहुँमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमाद नगरपालिका ४ सारडाँडा बस्ने २१ वर्षीय सञ्जय राना छन् । उनलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।रानाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भीमादबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
