Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 19 Octlast: 19 Oct

बिपी राजमार्गको सेल्फीडाँडामा माइक्रोबस खस्दा तीन जना घाइते

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। गए राति करिब २ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेको बसबाट चालकसहित तीन जनाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घाइतेमध्ये इलाम नगरपालिका–६ बस्ने ३७ वर्षीय चालक पनि छन्।

2 publishers · 2 headlines · developing over 5 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार

झापाबाट काठमाडौं आउँदै गरेको माइक्रो बस सडकबाट अन्दाजी २०० मिटर तल खसेको छ।

Coverage

1 more headline since

  1. झापाबाट काठमाडौं आउँदै गरेको हायस दुर्घटना : तीन जना घाइते

    काठमाडाैँ –बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस गए राति करिब २ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा परी इलाम नगरपालिका–६ बस्ने ३७ वर्षीय चालक […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.