
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
रौतहट । मौलापुर नगरपालिका–२, मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज बिहान करिब १ बजे मौलापुरबाट शीतलपुर जाँदै गरेको बा३७प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । मोटरसाइकलमा तीन जना सवार थिए । दुर्घटनामा मोटरसाइकल चालक फतुवा विजयपुर–२, शीतलपुरका ५३ वर्षीय […]


