मधेशमा जसपाबिना सरकार नबन्ने, धारा १६८ (३) बमोजिम नेतृत्वमा आफैं आउने !
मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकारबाट नेकपा एमाले बाहिरिएपछि नयाँ सरकार गठनको कसरत शुरू भएको छ । एमालेले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा पर्ने अवस्था बने पनि जसपा नेपालले तत्काल सरकार गठनमा चासो नरहेको बताएको छ । तर, प्रदेशसभाको अंकगणितले भने जसपालाई सरकारको नेतृत्व गर्ने अवसर आउन सक्ने सम्भावना देखाएको छ ।साविकको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग एकता गरेपछि मधेश प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको जसपा नेपालले अहिले नै सरकार गठनका लागि अग्रसरत