Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 2h ago

सुनारको अडियोबारे मन्त्रिपरिषद्‌मा छलफल भएन, आवश्यक पर्दा अनुसन्धान हुन्छ : मन्त्री तिमल्सिना

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा आवश्यक पर्दा अनुसन्धान गरिने बताएका छन्। शुक्रबार काठमाडौंमा मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले सरकारले कुनै पनि मुद्दा दबाउने नियत नराखेको र विधिसम्मत रूपमा टुङ्ग्याउने बताए। उनका अनुसार सो अडियोबारे मन्त्रिपरिषद् बैठकमा छलफल भएको छैन।

TopicsKathmandu
3 publishers · 3 headlines · 3 in 24h · developing over 48 min
Broke firstNepal Press logoNepal Press

खगेन्द्रको अश्लील अडिओबारे सञ्चारमन्त्री- आवश्यक पर्दा अनुसन्धान हुन्छ

काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले रास्वपा सांसद खगेन्द्र सुनारको अडिओ प्रकरणलाई दबाउने सरकारको नियत नभएको प्रस्ट पारेका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै आवश्यक छानबिन हुने बताए। उनले भने, ‘सरकारले कुनै मुद्दा दबाउन खोजेको छैन। आवश्यक पर्दा अनुसन्धान गरेर विधिवत् रूपमा टुङ्ग्याउँछ। सरकारले मुद्दालाई दबाउने कुनै नियत छैन। त्यस्तो हुनु […]

Coverage

2 more headlines since

first · 2h agolatest · 2h ago
  1. खगेन्द्र सुनारको अडियोबारे सञ्चारमन्त्रीले भने- आवश्यक पर्दा अनुसन्धान प्रक्रिया अघि बढ्छ

    ३० असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा सरकारले आवश्यक परेको बेलामा अनुसन्धान गर्ने सक्ने बताएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा शुक्रबार सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले यस्तो धारणा राखेका हुन् । ‘सरकारले कुनै पनि मुद्दालाई दबाउन खोज्ने कुरा हुँदैन। आवश्यक पर्दाखेरि अनुसन्धान गरेर विधिसम्मत रूपमा कसरी […]

  2. खगेन्द्र सुनारको अडियोबारे मन्त्रिपरिषद्‍मा छलफल भएन : सञ्चारमन्त्री

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सरकारले कुनै पनि मुद्दामा आवश्यक पर्दा विधिवत् अनुसन्धान गर्ने बताएका छन् । मन्त्रिपरिषद् बैठकपछि सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएको भनिएको अडियोका सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री तिमिल्सिनाले यस्तो बताएका

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.